दूरसञ्चार प्राधिकरणको पत्र अर्थ मन्त्रालयलाई- संघीय सञ्चित कोषमा जम्मा गर्ने रकम हामीसँग छैन्

Technology Khabar २५ असार २०७७, बिहीबार

दूरसञ्चार प्राधिकरणको पत्र अर्थ मन्त्रालयलाई- संघीय सञ्चित कोषमा जम्मा गर्ने रकम हामीसँग छैन्

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले आर्थिक विद्येयकअनुसार सरकारी कोषमा दाखिला गर्नुपर्ने भनिएको रकम आफ्नो खातामा नभएको हुँदा जम्मा गर्न नसकिने पत्र पठाएको छ।

दूरसञ्चार प्राधिकरणले आर्थिक विद्येयक, २०७७ अनुसार सरकारलाई प्रत्येक आर्थिक वर्षको असार २५ गते कोषमा भएको बाँकी रकम बुझाउनुपर्नेमा कोषमा रकम नै नभएको हुँदा दिन नसकिएको अर्थ मन्त्रालयलाई जानकारी गराएको छ।

आज असार २५ गते कार्यालय समयभित्र सरकारको संघीय सञ्चित कोषमा रकम दाखिला गर्नुपर्नेमा प्राधिकरणले आफ्नो कोषमा बजेट संचालन गर्ने रकम समेत हाल नरहेको भन्दै पत्र पठाएको हो।

प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले खातामा रकम नभएको बताउँदै सरकारलाई सोहि अनुसार पत्र लेखेको स्पष्ट पारे।

‘सरकारलाई बुझाउने भनेको रकम हाम्रो कोषमा नै छैन्, अहिलेको रकम त बजेटको लागि समेत पुग्दैन्, त्यसैले रकम नभएको र दाखिला गर्न नसकिने पत्र पठाएर जानकारी दिएका छौं,’ अध्यक्ष खनालले टेक्नोलोजीखबरसँग भने ।

के छ आर्थिक विद्येयक, २०७७ मा ?

सरकारले जेठ १५ मा बजेटसँगै ल्याएको आर्थिक विद्येयकमा दूरसञ्चार ऐन, २०५३ लाई संसोधन गर्दै प्राधिकरणको कोषमा हुने बाँकी रकम सरकारी कोषमा दाखिला गर्नुपर्ने व्यवस्था गरेको छ ।

‘कोषमा जम्मा भएको रकममध्ये प्राधिकरणको स्वीकृत वार्षिक कार्यक्रमको लागि छुट्याइएको रकम र सोको पचास प्रतिशतले हुन आउने रकम बाहेकको अन्य रकम प्राधिकरणले प्रत्येक वर्ष असार २५ गतेभित्र संघीय सञ्चित कोषमा दाखिल गर्नु पर्नेछ,’ आर्थिक विद्येयक, २०७७ मा उल्लेख छ ।

सोहि अनुसार प्राधिकरणले आफ्नो वार्षिक स्वीकृत बजेट र त्यसको ५० प्रतिशतसम्मले हुन आउने रकम बाहेक सञ्चित कोषमा जम्मा गर्नुपर्ने हुन्छ ।

हाल कति दाखिला गर्नुपर्नेछ प्राधिकरणले सञ्चित कोषमा

प्राधिकरणले आगामी आर्थिक वर्षको लागि १४ अर्ब १४ करोड ३२ लाख ५० हजार रुपैयाँको बजेट स्वीकृत गराएको छ । जसमध्ये ग्रामिण दूरसञ्चार विकास कोष तर्फको ६ अर्ब ५० करोड रुपैयाँ तथा प्राधिकरणको कोषबाट हुने बजेट रकम ७ अर्ब ६४ करोड ३२ लाख ५० हजार रुपैयाँ रहेको छ ।

मन्त्रालयले स्विकृत गर्यो दूरसञ्चार प्राधिकरणको बजेट, थपियो दुई वटा नयाँ कार्यक्रम*

प्राधिकरणले आफ्नो कोषतर्फबाट हुने बजेट रकम ७ अर्ब ६४ करोड रुपैयाँ र त्यसमा थप ५० प्रतिशतसम्म हुन आउने रकम करिब ३ अर्ब ८२ करोड रुपैयाँसहित जम्मा करिब ११ अर्ब ४६ करोड रुपैयाँ कोषमा राखेर बाँकी हुने रकम सरकारलाई संघीय सञ्चित कोषमा बुझाउनुपर्ने थियो ।

तर सो अनुसारको रकम प्राधिकरणको कोषमा नहुँदा बुझाउन नसकेको हो ।

दूरसञ्चार कम्पनीहरुले चालु आवमा बुझाउनुपर्ने रकम बुझाउने समय अझै ६ दिन रहेको र हाल कोषमा करिब ४ अर्ब रुपैयाँ मात्र रहेको प्राधिकरणले जनाएको छ ।

यो  पनि हेर्नुस्-

दूरसञ्चार प्राधिकरणको कोषको रकम स्वतः सरकारको खातामा, वार्षिक कार्यक्रमको रकम भने पाउने

easy care

प्रकाशित: २५ असार २०७७, बिहीबार

ताजा समाचार