चीन विरोधी भावनालाई क्यास गर्न भारतीय मोबाइल फोन कम्पनी माइक्रोम्याक्स जुर्मुराउँदै

Technology Khabar ६ असार २०७७, शनिबार

चीन विरोधी भावनालाई क्यास गर्न भारतीय मोबाइल फोन कम्पनी माइक्रोम्याक्स जुर्मुराउँदै

काठमाडौं ।

भारतीय र चिनियाँ सैनिकहरूबीच लद्दाखको गाल्भान उपत्यकामा रक्तपातपूर्ण संघर्षमा २० भारतीय सैनिकको मृत्युपछि भारतमा चीनियाँ सामाग्रीहरु र सेवाको विरोध र प्रयोग नगर्ने लहर चलेको छ ।

पछिल्लो दिनमा चिनियाँ सामानको बहिष्कारको आह्वान समेत गरिएको छ। यस्तो अवस्थामा, एक भारतीय कम्पनी माइक्रोम्याक्सले स्मार्टफोन बजारमा प्रभुत्व जमाउने चिनियाँ कम्पनीहरूसँग प्रतिस्पर्धा गर्न पुन: बजारमा फर्किने तयारी गरेको छ ।

रिपोर्टका अनुसार कम्पनीले देशमा ३ नयाँ स्मार्टफोनहरू लन्च गर्ने तयारी गरिरहेको छ।

कुनै समय, भारतमा नोकिया र सामसङसँग प्रतिस्पर्धा गर्ने माइक्रोम्याक्सको बजार एकदमै कमजोर भएको छ । अहिलेको बेलामा भन्ने हो भने यो आउटडेटेड ब्राण्ड हो भन्दा फरक पर्दैन् ।

भारतमा चिनियाँ कम्पनीहरु शाओमी, भीभो, ओप्पो जस्ता फोन कम्पनीहरूले प्रभुत्व जमाए। अब माइक्रोम्याक्सले फेरि कोशिश गर्दैछ।

रिपोर्टका अनुसार कम्पनीले  ३ नयाँ स्मार्टफोन ल्याउने योजना गरिरहेको छ जसमध्ये एउटा बजेट फोन हुनेछ, तर यसमा मोर्डन डिजाइन र लुक्स हुनेछ ।

कम्पनीले आउँदो महिना केहि ल्याउन सक्छ र यी तीन फोनहरू १० हजार भारतीय रूपैयाँको हाराहारी मूल्यमा बजारमा आउने रिपोर्टमा उल्लेख छ ।

माइक्रोम्याक्स पनि आफ्नो ट्विटर एकाउन्टमा नयाँ मोडलहरुका बारेमा जानकारी दिएको छ जसमा केहि विशेष हुने बताईएको छ ।

कम्पनीले एक ट्विटर प्रयोगकर्ताको जवाफमा केहि दिन प्रतिक्षा गर्न भनेको छ, जसमा कम्पनीले भारतीय संवेदनालाई बजारमा ‘क्यास’ गर्न मेड बाई इण्डियन तथा मेड फर इण्डियन नारा दिएको छ ।

कुनै समय माइक्रोम्याक्स भारतमा मात्र नभई नेपाली बजारमा पनि प्रमुख मोबाइल ब्राण्डको रुपमा थियो तर चिनियाँ कम्पनीसँग प्रतिस्पर्धा गर्न नसक्नु तथा समय र बजारअनुसार परिवर्तन हुन नसक्दा समस्यामा पर्दै गएको थियो । एजेन्सीका साथ

easy care

प्रकाशित: ६ असार २०७७, शनिबार

ताजा समाचार