सार्पले आईएफए बर्लिन २०१९ विश्वको सबैभन्दा ठूलो ८के टेलिभिजन सार्वजनिक गर्ने

Technology Khabar १८ भाद्र २०७६, बुधबार

सार्पले आईएफए बर्लिन २०१९ विश्वको सबैभन्दा ठूलो ८के टेलिभिजन सार्वजनिक गर्ने

काठमाडौं ।

काठमाडौं । जर्मनीको बर्लिनमा आईएफए बर्लिन २०१९ शुरु हुन केहि दिनमात्र बाँकी रहेको छ । यो इभेन्टको अवसरमा विभिन्न टेक कम्पनीहरुले आफ्ना उत्पादनहरु सार्वजनिक गर्ने गर्दछन् ।

यहि इभेन्टको अवसर पारेर जापानी कम्पनी सार्पले विश्वकै सबैभन्दा ठूलो ८ के स्मार्ट टिभी लन्च गर्ने तयारी गरेको छ । कम्पनीले अहिलेसम्म सो प्रडक्टको बरोमा कुनै जानकारी दिएको छैन् । तर बाहिर आएका रिपोर्टअनुसार सो टिभीमा १२० इन्चको डिस्प्ले हुनेछ र यसमा ८ के रिजोल्यूशनका रहनेछ । यसबाहेक कम्पनीले ५जी टिभीलाई पनि ८ के रिजोल्यूशनका साथमा सार्वजनिक गर्नेछ ।

सार्पको ५जी टिभीमा फाइभजी बेसब्याण्ड हुनेछ । यो टिभी विशेषगरि सार्वजनिक प्रदर्शनहरु जस्तै संग्राहलय, विद्यालयका लागि डिजाइन गरिएको छ । एजेन्सी

Global Bank
easy care

प्रकाशित: १८ भाद्र २०७६, बुधबार

ताजा समाचार