स्मार्टफोन ब्राण्ड रियलमीको टिभीहरु भारतमा लन्च हुँदै , शाओमीको टिभीसँग टक्कर पर्ने

Technology Khabar ११ फाल्गुन २०७६, आईतवार

स्मार्टफोन ब्राण्ड रियलमीको टिभीहरु भारतमा लन्च हुँदै , शाओमीको टिभीसँग टक्कर पर्ने
सांकेतिक
Global IME Bank

काठमाडौं ।

काठमाडौं । स्मार्टफोन ब्राण्ड रियलमीले भारतमा एकभन्दा धेरै स्मार्ट टिभी लन्च गर्ने तयारी गरिरहेको छ । यसको जानकारी रियलमी इन्डियाका प्रमुख माधव सेठले दिएका हुन् ।

भारतमा कम्पनीको टिभीको टक्कर शाओमीको एमआई टिभी लाइनअपसँग हुने छ । सेठले यसबारेको जानकारी एक यूट्यूबरलाई इन्टरभ्यु दिँदा बताएका हुन् । यस इन्टरभ्युमा टिभीको जानकारी बाहेक रियलमी लिंक एपको एक झलक पनि देखिएको छ । सो एप रियलमी ब्रान्डको सबै आईओटि डिभाइसहरुको लागी सेन्ट्रल हबको रुपमा प्रयोगमा आउनेछ । साथै रियलमी चीफले अपकमिंग फिटनेश ब्यान्डको डिजाइनलाई पनि शोकेस गरेका छन्।

एक टेक यूट्यूबरलाई दिएको अनलाईन इन्टरभ्युमा सेठले रियलमी टिभी भारतमा क्यु २ २०२० मा लन्च गरिने बताएका छन् । साथै यदि यसको सबै जरुरी प्रकृया पुरा भएमा यस टिभीलाई कम्पनीले अप्रिलमा नै लन्च गर्न सकिने पनि उनले जानकारी दिए । सेठले यस इन्टरभ्युमा अपकमिंग स्मार्ट टिभीको फिचरहरुको बारेमा जानकारी नदिएपनि यसलाई रियलमी लिंक एपमार्फत कन्ट्रोल गर्न सकिने खुलाए ।

त्यस्तै रियलमी इन्डियाका सिएमओ फ्रान्सिस वाङले एक ट्विट शेयर गरेका छन, जहाँ रियलमीको नयाँ प्रोडक्टको टिजर गरिएको छ । यसमा रहेको पोस्टरमा ‘रियल साउन्ड, रियल डिजाइन, रियल क्लियारिटी’ लेखिएको छ । यसलाई केहि हदसम्म रियलमीको अपकमिंग टीभीको लन्चिंगको सन्दर्भमा लेखिएको मानिएको छ ।

यसबाहेक इन्टरभ्युमा सेठले रियलमीको अपकमिंग फिटनेस ब्यान्डलाई ब्ल्याक कलरमा पहिले देखिने बताएका छन् । यसमा कर्व्ड डिस्प्ले रहने छ । रियलमी चीफले यस अपकमिंग वेयरेवल डिभाइसमा कलर ओएलइडी डिस्प्ले रहने छ र यो हार्ट रेट सेन्सर सँगै आउने जनाएका छन ।

साथै फिटनेश ब्यान्डको प्लग एन्ड चार्ज डिजाइनको भिडियोलाई शोकेस पनि गरिएको थियो । यस्तो डिजाइन होनोर ब्यान्ड ५आई मा पनि रहेको थियो । त्यस्तै सेठले कम्पनीले एक स्मार्ट स्पीकर पनि लन्च गर्ने तयारी गरिरहेको बताएका थिए । एजेन्सी

Sajilo Visa

प्रकाशित: ११ फाल्गुन २०७६, आईतवार

तपाइको प्रतिक्रिया

ताजा समाचार