सिटिजन्स बैंक इन्टरनेसनलको स्क्यान र विथड्र सेवा, क्यूआर कोड स्क्यान गरी रकम झिक्न सकिने

Technology Khabar ३१ भाद्र २०७७, बुधबार

सिटिजन्स बैंक इन्टरनेसनलको स्क्यान र विथड्र सेवा, क्यूआर कोड स्क्यान गरी रकम झिक्न सकिने

काठमाडौं ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले स्क्यान र विथड्र सेवा सुरु गरेको छ।

स्क्यान र विथड्र मार्फत चेक बिना नै आफ्नो मोबाइल बैंकिङ्ग एपमा लग–ईन गरेर काउन्टरमा भएको क्यूआर कोड स्क्यान गरी खाताबाट रकम झिक्न सकिन्छ।

बैंकले हाललाई यो सेवा काठमाडौं उपत्यकाका दरवारमार्ग र कमलादी शाखाबाट दिएको छ।

यस सेवालाई देशभरीका अन्य शाखाहरुबाट समेत प्रवाह गर्ने उद्देश्य रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बताए।

यसको प्रयोगले कर्मचारी र ग्राहकको सम्पर्क घट्ने हुँदा संक्रमणको जोखिम न्यून हुने विश्वास बैंकले लिएको छ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ११० वटा शाखा, ९८ वटा एटीएम र १०४ वटा शाखारहित बैंकिङ्ग इकाईहरुबाट करिब साढे ६ लाख ग्राहकलाई सेवाहरु दिँदै आएको जनाएकोछ।

easy care

प्रकाशित: ३१ भाद्र २०७७, बुधबार