रियलमीले आफ्नै ब्राण्डमा स्मार्ट टेलिभिजन लन्च गर्दै, शाओमीको स्मार्ट टिभीसँग प्रतिस्पर्धा हुने

Technology Khabar २४ पुष २०७६, बिहीबार

रियलमीले आफ्नै ब्राण्डमा स्मार्ट टेलिभिजन लन्च गर्दै, शाओमीको स्मार्ट टिभीसँग प्रतिस्पर्धा हुने
सांकेतिक
Classic Tech

काठमाडौं । रियलमीले पहिलो पटक आफ्नो ब्राण्डमा स्मार्ट टिभी लन्च गर्ने भएको छ । कम्पनीले टिभीलाई २०२० मा लन्च गरिँदै छ । यसको पुष्टि कम्पनीका सिएमओ सु क्वीले बुधवार रियलमी एक्स५० ५जी स्मार्टफोन लन्चिङ्ग इभेन्टमा गरेका हुन् ।

कम्पनीका तर्फबाट यस वर्ष निश्चित रुपमा स्मार्ट टिभी लन्चिङ्ग गरिने जानकारी दिईयो । यसअघि ९१ मोबाइल्स डटकमले एक पुरानो रिर्पोटमा रियलमी टिभी सन् २०१९ मै लन्च गरिने दाबी गरेको थियो, यद्पी अब यसको लन्चिङ्ग २०२० मा हुने भएको छ ।

स्मार्टफोन सेगमेन्टमा जस्तै रियलमीको अपकमिङ टिभीको प्रतिस्पर्धा स्मार्ट टिभी सेगमेन्टमा शाओमी को पपुलर एमआई टिभी मोडेलसँग हुनेछ । टिभीसँगै रियलमीले यो वर्ष कयौ नयाँ आईओटी डिभाइसेज पनि लन्चिङ्गको लागी तयार गर्दैछ ।

ब्रान्डका फाउन्डर ली विङ्गजोङ्गले कम्पनी कयौ नयाँ आईओटि प्रोडक्ट्स लन्च गर्ने तयारी गरीरहेको बताए । यी प्रोडक्ट्स पर्सनल, फ्यामली, र ट्राभल युजसँग जोडिएको हुनेछ । यसमा अडियो प्रोडक्ट्स, वेयरेवल डिभाइसेज, टिभी र केहि फरक डिवाइसेज हुनेछ ।

कम्पनिले हालै मात्र आफ्नो नयाँ रियलमी बड्स लन्च गरेको थियो ।

प्रकाशित: २४ पुष २०७६, बिहीबार

Comments are closed.

Loading...