भारतले ल्यायो कोठामा राखिने एसीमा नयाँ नियम, २४ डिग्री सेल्सियस तापक्रमको डिफल्ट सेटिंग

Technology Khabar २५ पुष २०७६, शुक्रबार

भारतले ल्यायो कोठामा राखिने एसीमा नयाँ नियम, २४ डिग्री सेल्सियस तापक्रमको डिफल्ट सेटिंग
Global IME Bank

काठमाडौं ।

काठमाडौं । छिमेकी मुलुक भारतमा एयर कण्डिसनरको तापक्रम राख्ने मापदण्ड लागू गरिएको छ । भारतमा बिजुली बचतको नियम तय गर्ने एजेन्सी ऊर्जा दक्षता ब्युरो (बीईई) ले सोमबार कोठाको एयर कन्डिसनरको डिफल्ट (आफै तय हुने) तापमान अब २४ डिग्री सेल्सियस हुने जनाएको छ ।

यसको अर्थ कोठाको तापमान २४ डिग्री सेल्सियस राख्ने हिसाबले चल्नेछ । यसलाई व्यक्तिको आवश्यकताको हिसाबले तलमाथि भने गर्न सकिने छ ।

भारतको केद्रिय बिद्युत मन्त्रालयको भनाईअनुसार सरकारले बिईईसँग परामर्श गरी एसीको लागी उर्जा बचतको मानक गएको ३० अक्टोवरमा नै सुचित गरेको थियो । यसअनुसार, उत्पादकहरुले कोठाको एयर कन्डिसनर तापक्रमको सेटिङ्ग २४ डिग्री सेल्सियसमा अनिवार्य रुपमा राख्नु पर्नेछ ।

नयाँ मानक अनुसार इण्डियन सीजनल ऊर्जा दक्षता अनुपात (आईएसईईआर) स्प्लिट एयर कन्डिसनरको लागी ३.३० देखि ५.० र विन्डो एयर कन्डिशनरको लागी २.७० देखि ३.५० सम्म हुनेछ । यस बाहेक, यो सुचना द्धारा बिईई स्टार–लेबलीङ्ग कार्यक्रमको दायरामा आउने कोठामा राखिने सबै एयर कन्डिसनरको लागी २४ डिग्री सेल्सियस डिफल्ट सेटिङ्गलाई अनिवार्य गरिएको छ । तापमानको डिफल्ट २४ डिग्री सेल्सियसलाई छोडेर बाकी कार्य प्रदशन मानक एक जनवरी, २०२१ बाट लागू हुने बताईएको छ ।

स्टार लेबलयुक्त सबै ब्रान्ड र सबै प्रकारका रुम एयर कन्डिसनर अर्थात मल्टि स्टेज क्यापासिटी एयर कन्डिसनर र स्प्लिट एयर कन्डिसनर लाई १०,४६५ वाट (९,०० किलो क्यालोरी/घण्टा) कूलिङ्ग क्षमता सम्मको सापेक्ष उर्जा, दक्षताको आधारमा एक देखि पाँच स्टार सम्म रेटिङ्ग दिइएको छ ।

भारतमा बनाइएको या व्यावसायिक रुपमा आयात गरिएका हुन ती सबैमा एक जनवरी, २०२० देखि कोठाको एयर कन्डिशनरमा २४ डिग्री सेल्सियस तापमानको डिफल्ट सेटिङ्ग सुनिश्चित हुनुपर्नेछ ।

बिईई ले २००६ मा स्थिर गति रुम एयर कन्डिसनर (आरइसी) को लागी स्टार लेबलिङ्ग कार्यक्रम शुरु गरेको थियो ।

कार्य प्रदर्शनको स्तरमा लगातार भएको बृद्धिले स्प्लिट इकाइहरुको लागी न्युनतम ऊर्जा प्रदर्शन मानक (एमइपीइस) मा लगभग ४३ प्रतिशत ऊर्जा दक्षतामा सुधार भएको छ । यी इकाइहरु बजारमा बेचिने सबैभन्दा लोकप्रिय आरएसी हो । मन्त्रालयको अनुसार रुम एयर कन्डिसनर को लागी स्टार लेबलिङ्ग कार्यक्रमले एक्लै आर्थिक वर्ष २०१७/१८ मा अनुमानित ४.६ अरब यूनिट ऊर्जा बचत गरेको थियो र यसले ३.८ करोड टन कार्बन उत्र्सजन कम गर्न मदत पुगेको थियो । एजेन्सी

Sajilo Visa

प्रकाशित: २५ पुष २०७६, शुक्रबार

तपाइको प्रतिक्रिया

ताजा समाचार