वानप्लस ७प्रो अब नेपालमा भित्रियो, बजार मूल्य ८९ हजार रुपैयाँदेखि शुरु

Technology Khabar २४ जेष्ठ २०७६, शुक्रबार

वानप्लस ७प्रो अब नेपालमा भित्रियो, बजार मूल्य ८९ हजार रुपैयाँदेखि शुरु
Global IME Bank

काठमाडौं ।

काठमाडौं । वानप्लसले आफ्नो नविनतम संस्करण वानप्लस ७ प्रो नेपाली बजारमा भित्र्याएको छ । क्यामेराको अनुभवलाई पुनः परिभाषित गर्दै वानप्लस ७प्रोले प्रत्येक पलहरुलाई खिच्नका लागि ट्रिपल क्यामेरा ल्याएको छ । जसमा ४८ एमपी रियर क्यामेरा, ११७ अल्ट्रा वाइड एन्गल लेन्स र तीन गुणा अप्टिकल जुम र नाईटस्केप २.० प्रविधिका साथ स्मार्ट दृश्य पहिचान गरेर सुन्दर तस्वीरहरु खिच्न सकिन्छ ।

यसको बिल्कुलै नयाँ स्क्रीन तथा एकनासको डिस्प्ले क्यूएचडी प्लस फ्ल्यूड एमोलेड रिजोल्यूशन ३१२०x१४४० पिक्सेल QHD + Fluid AMOLED resolution (3120 by 1440 pixels) तथा ९० हर्ज रिफ्रेस रेट भएको यस फोनले साँच्चै सिनेमाको अनुभव प्रदान गर्दछ र यसको कर्भ ऐज–टु–ऐज डिजाइनले झन आकर्षक देखिने कम्पनीको भनाई छ । वानप्लस ७प्रोमा भएको ६.६७ इन्च ५५१ पीपीआई फ्ल्यूड एमोलेड डिस्प्ले अहिलेसम्म कै सबैभन्दा एडभान्स स्क्रीन भएको कम्पनीको दाबी छ ।

वानप्लस ७प्रोको अपग्रेडेड गरिएको स्क्रीन अनलक टेक्नोलोजिसँगै तपाईंले आफ्नो फोनलाई केवल ०.२१ सेकेण्डमै अनलक गर्न सक्नुहुन्छ । यसमा ४००० एमएएच ब्याट्री रहेकाले दिनभर चार्ज टिक्छ र र्यापचार्जमार्फत केबल २० मिनेटमै तपाईंले फोनलाई पुनःचार्ज गर्न सक्नुहुन्छ ।

यसमा लिक्वीड कुलिङ प्रणाली रहेको छ जसले फोनलाई तातिन बाट जोगाउँछ । त्यसबाहेक यसमा यूएफएस ३.० स्टोरेज टेक्नोलोजी रहेको छ जसले लेख्ने र पढ्ने स्पीड बढाउँछ, साथै यसमा नाइट मोड जस्ता अन्य धेरै विशेषताहरु रहेका छन् । यसमा १२ जीवी ¥याम, क्वालकम स्न्यापड्रेगन ८५५ मोबाइल प्लायटफर्म र २५६ जीवी सम्मको स्टोरेज क्षमता रहेको छ ।

वानप्लस ७ प्रो नेपाली बजारमा तिन भेरिएन्टहरु ६ जीबी र्याम/१२८ स्टोरेज, ८ जीबीर्याम/२५६ स्टोरेज र १२ जीबी र्याम/२५६ स्टोरेज मा उपलब्ध रहेको छ । जसको बजार मूल्य क्रमशः रु ८९,०००, ९९,९०० र रु १,०९,००० तोकिएको कम्पनीले जनाएको छ ।

Sajilo Visa

प्रकाशित: २४ जेष्ठ २०७६, शुक्रबार

तपाइको प्रतिक्रिया