आइफोन सेभेनको उत्पादन भारतमा शुरु, अब मूल्य कति घट्ला

Technology Khabar १९ चैत्र २०७५, मंगलवार

आइफोन सेभेनको उत्पादन भारतमा शुरु, अब मूल्य कति घट्ला

काठमाडौं ।

काठमाडौं । अमेरिकी टेक कम्पनी एप्पलले भारतमा आइफोन सेभेन मोडल बनाउन शुरु गरेको छ । कम्पनीले यसअघि भारतमा मेक इन इण्डियाअन्तरगत आइफोन एसई तथा आइफोन सिक्स एस बनाउँदै आएकोमा अब आइफोन सेभेन पनि उत्पादन गर्न थालेको हो ।

हालै सार्वजनिक एक रिपोर्टअनुसार एप्पलले भारतमा स्थानियस्तरमा आइफोन सेभेन बनाउनु उपलब्धिपूर्ण भएको बताएको छ । हामी भारतमा लामो समयसम्म रहनको लागि प्रतिबद्ध छौं, एप्पलले भनेको छ ।

ताइवानको कन्ट्र्याक्ट म्यानुफ्याक्चरर विस्ट्रनको बेंगलुरुमा रहेको फ्याक्ट्रिमा आइफोन एसई तथा आइफोन सिक्स एस मोडलको निमार्ण हुने गरेको छ । रिपोर्टकाअनुसार कम्पनीले भारतमा मार्चदेखि आइफोन सेभेन मोडल पनि उत्पादन गरिरहेको छ ।

यसअघि एप्पलले भारतमा आइफोनको प्रिमियम र महंगा मोडलहरु पनि उत्पादन गर्ने योजना लिएको रिपोर्ट बाहिर आएको थियो ।

भारतमा आइफोन सेभेन मोडलको उत्पादन शुरु भएपनि आइफोनको मूल्य कम हुन्छ वा हुँदैन भन्ने मुख्य विषय रहँदै आएको छ । तर यस विषयका जानकारहरुले भने स्थानिय उत्पादन भएपनि आइफोन सेभेनको मूल्य नघट्ने बताएका छन्।

तर घरेलुस्तरमा उत्पादन गर्दा हुने मूल्य अन्तरलाई कम्पनीले सेल्स र मार्केटिंगमा खर्च गर्ने बताईएको छ । किनकी भारत सरकारले मेक इन इण्डियाअन्तरगत करमा छुट दिँदा भारतमा आइफोन सेभेन बनाउँदा लागत कम हुनेछ । यस्तोमा अन्य देशहरुबाट इम्पोर्ट गरेको आइफोन महंगो हुने गर्दछ ।

easy care

प्रकाशित: १९ चैत्र २०७५, मंगलवार