सामसङ ग्यालेक्सी ए२५ एक्सिनोस १२८० सहित गीकबेन्चमा देखा पर्यो

Technology Khabar २७ भाद्र २०८०, बुधबार

सामसङ ग्यालेक्सी ए२५ एक्सिनोस १२८० सहित गीकबेन्चमा देखा पर्यो

काठमाडौं ।

सामसङ ग्यालेक्सी ए२५ फाइभजीको अस्तित्वको बारेमा हामीले गत जुन महिनामा सुनेका थियौं। उक्त समयमा रेन्डरहरूको सेटले फोनको डिजाइन, आयाम र ६.४४–इन्च डिस्प्ले प्रकट गरेको थियो। यसै क्रममा ग्यालेक्सी ए२५ को चिपसेट र मेमोरी कन्फिगरेसनहरू मध्ये एकका साथ गीकबेन्चमा देखा परेको छ।

‘एसएम–ए२५६बी’ मोडल नम्बर भएको डिभाइसलाई ग्यालेक्सी ए२५ फाइभजीको ग्लोबल भर्सन (संस्करण) हुन सक्ने भन्ने विश्वास गरिएको छ भने यसलाई एक्सिनोस १२८० एसओसी र ८जीबी र्यामका साथै एन्ड्रोइड १४ सँग गीकबेन्च लिस्टिङ्ग (सूची) मा देखा परेको गीज्मोचाइनामा उल्लेख गरिएको छ।

यद्यपी एक्सिनोस १२८० आफैमा एउटा नयाँ चिपसेट भने नभएको र एक वर्ष भन्दा अघि घोषणा गरिएको यस चिपसेटलाई सामसङका अन्य सिमित फोनहरूमा समावेश गरिएको जनाइएको छ।

यद्यपी, गीकबेन्च लिस्टिङ्गले ग्यालेक्सी ए२५को बारेमा थप अन्य विवरणहरु केहि पनि प्रस्तुत नगरेको उल्लेख छ। अघिल्ला रिपोर्टहरूका अनुसार ह्यान्डसेटमा ५ मेगापिक्सेलको अल्ट्रावाइड र २ मेगापिक्सेलको म्याक्रो युनिट सहितको ५० मेगापिक्सेलको मुख्य क्यामरा रहने जनाइएको छ। त्यसैगरी डिभाइसको ५,००० एमएएच ब्याट्रीले २५डब्ल्यू चार्जिङको लागि समर्थन प्रदान गर्ने थप उल्लेख गरिएको छ।

easy care

प्रकाशित: २७ भाद्र २०८०, बुधबार