Technology Khabar २३ मंसिर २०७५, आईतवार
काठमाडौं ।
काठमाडौं । सामसंगले नयाँ फ्ल्यागशिप स्मार्टफोन ल्याउने समय नजिक आउँदै गर्दा फोनको बारेमा नयाँ नयाँ जानकारीहरु आईरहेका छन् ।
सामसंगको ग्यालेक्सी एस १० (Galaxy S10) स्मार्टफोनको बारेमा हालै आएको जानकारीअनुसार कम्पनीले बजेट सेगमेन्टमा पनि ग्यालेक्सी एस १० ल्याउने तयारी गरेको छ ।
अर्को टेक कम्पनी एप्पलले १० वर्षको अवसर पारेर बजेट आइफोन सार्वजनिक गरे जस्तै सामसंगले पनि बजेट ग्यालेक्सी एस १० ल्याउन लागेको अनुमान गरिएको छ ।
हालै आएको जानकारीअनुसार कम्पनीले बजेट ग्यालेक्सी एस १० स्मार्टफोनलाई अन्य नियमित फ्ल्यागशिप स्मार्टफोनका साथमा नै सार्वजनिक गर्नेछ जसलाई ग्यालेक्सी एस १० लाइट (Galaxy S10 Lite) नाम दिईएको छ ।
यो बजेट ग्यालेक्सी एस १० स्मार्टफोनमा ५.८ इन्चको फ्ल्याट डिस्प्ले राखिने छ, जून होल इन स्क्रिन डिजाइनमा हुनेछ । यो स्मार्टफोनमा इन डिस्प्ले फिंगरप्रिन्टको साटो साइडमा फिंगरप्रिन्ट रिडर हुने बताईएकोछ ।
यसका साथै बजेट ग्यालेक्सी एस १० स्मार्टफोनमा ड्यूल रियर क्यामरा राखिने रिपोर्टमा उल्लेख छ ।
त्यसैगरि सामसंगको ग्यालेक्सी एस १० फ्ल्यागशिप स्मार्टफोन भने दुई स्क्रीन साइजमा आउने छ । एउटा ग्यालेक्सी एस १० भनिने छ जसमा ६.१ इन्चको स्क्रीन हुनेछ भने अर्को ग्यालेक्सी एस १० प्लस भनिने फोनमा ६.४ इन्चको डिस्प्ले राखिनेछ ।
ग्यालेक्सी एस १० प्लस स्मार्टफोनमा भने सेल्फीका लागि ड्यूल क्यामरा सेटअप राखिने रिपोर्टमा उल्लेख छ ।
रिपोर्टकाअनुसार तीनवटा फोनहरुको बारेमा विभिन्न जानकारी आएपनि यसमा हुने स्पेशिफिकेसन र फिचरहरुको बारेमा भने अझै ठोस स्पष्टता आएको छैन् ।
प्रकाशित: २३ मंसिर २०७५, आईतवार