सामसङको अनप्याक्ड इभेन्ट अगस्ट ११ का लागि तय, नयाँ फोल्डेबल डिभाइस आउने संकेत

Technology Khabar ६ श्रावण २०७८, बुधबार

सामसङको अनप्याक्ड इभेन्ट अगस्ट ११ का लागि तय, नयाँ फोल्डेबल डिभाइस आउने संकेत
Global IME Bank

काठमाडौं ।

दक्षिण कोरियाली कम्पनी सामसङले आफ्नो अनप्याक्ड इभेन्ट आगामी अगस्ट ११ तारिखका लागि तय गरेको छ।

कम्पनीले हालै एउटा टिजर जारी गर्दै उक्त इभेन्टमा नयाँ फोल्डेबल डिभाइसहरु सार्वजनिक हुनसक्ने संकेत गरेको छ।

हालैका केही चर्चाहरुलाई मान्ने हो भने कम्पनीले ग्यालेक्सी जेड फोल्ड३ र ग्यालेक्सी जेड फ्लिप३ ल्याउन सक्ने आकलन गर्न सकिन्छ।

उक्त इभेन्ट अनलाइनमा सम्पन्न हुने र विभिन्न सामाजिक सञ्जालमा लाइभ स्ट्रिम गरिनेछ। नयाँ फोल्डेबल स्मार्टफोनबाहेक सामसङले ग्यालेक्सी वाच४, ग्यालेक्सी वाच४ क्लासिक तथा ग्यालेक्सी बड्स२ पनि सार्वजनिक गर्ने तयारी गरेको छ।

केही वर्षदेखि सामसङले अगस्टमा आफ्ना नोट सिरिजलाइ सार्वजनिक गर्दै आएको छ। तर यसपाला भने कम्पनीले ग्यालेक्सी नोट २१ बजारमा नल्याउने पक्का गरिसकेको छ।

ग्यालेक्सी जेड फोल्ड३ एस पेन स्टाइलस सपोर्ट गर्ने पहिलो फोल्डेबल डिभाइस हुनेछ। यसमा इन डिस्प्ले क्यामरा रहने बुझिएको छ।

यसैगरी, क्लामशेल डिजाइनमा आउने ग्यालेक्सी जेड फ्लिप३ फाइभजीमा डुअल टोन, नयाँ डिजाइनको डुअल क्यामरा सेट अप तथा ठूलो स्क्रीन रहने बुझिएको छ।

Sajilo Visa

प्रकाशित: ६ श्रावण २०७८, बुधबार

तपाइको प्रतिक्रिया

ताजा समाचार