Technology Khabar २७ फाल्गुन २०७६, मंगलवार
काठमाडौं ।
सामसङले आफ्नो दक्षिण कोरियाबाट हुने स्मार्टफोन उत्पादनमध्ये केहि भियतनाममा सार्ने भएको छ । कम्पनीले शुक्रबार सो घोषणा गर्दै कम्पनीको कोरियामा रहेका कर्मचारीहरुमा कोरोनाभाइरस देखिएपछि आफ्नो सो फ्याक्ट्रि बन्द गर्ने भएको छ भने अस्थाईरुपमा सो कार्य भियतनामबाट हुनेछ ।
कम्पनीको गूमी शहरमा रहेको आफ्नो फ्याक्ट्रिको काम हा स्थगित गरिएको कम्पनीका प्रवक्ताले बताएका छन् । सो शहर कोरियामा भाइरसबाट सबैभन्दा प्रभावित क्षेत्र हो । सो प्लान्टबाट कम्पनीले आफ्ना प्रिमियम स्मार्टफोनहरु ग्यालेक्सी एस२० र ग्यालेक्सी जेड फ्लिप फोल्डेबल स्मार्टफोन बनाउने गर्दछ ।
कम्पनीले केहि प्रिमियम स्मार्टफोनहरुको उत्पादन भियतनाममा सारिएको र ग्राहकहरुलाई उत्पादनहरुको आपूर्तिलाई सुनिश्चित गर्न थप प्रभावकारी र स्वाईत्व बनाईएको बताएको छ ।
कम्पनीले कोभिड-१९ को अवस्था सामान्य भएसँगै पुन गूमीमा उत्पादन शुरु गर्ने बताएको छ ।
सामसङले पछिल्लो दिनमा आफ्ना उत्पादनहरुमध्ये करिब ५० प्रतिशत फोनहरुको उत्पादन भियतनामबाट गर्ने गर्दछ । गूमीमा भने निकै सानो मात्रामा उत्पादन हुने गर्दछ ।
सामसङले अघिल्लो शुक्रबार मात्र विश्वभर आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन एस२० सिरिज बिक्रीका लागि उपलब्ध गराएको छ ।
प्रकाशित: २७ फाल्गुन २०७६, मंगलवार