सामसंगले २०१९ को पहिलो ६ महिनाभित्रै ५जी स्मार्टफोन ल्याउने

Technology Khabar १८ मंसिर २०७५, मंगलवार

सामसंगले २०१९ को पहिलो ६ महिनाभित्रै ५जी स्मार्टफोन ल्याउने

काठमाडौं ।

काठमाडौं । दक्षिण कोरियाली टेक कम्पनी सामसंगले आगामी वर्ष फोल्ड गर्न मिल्ने स्मार्टफोन ल्याउने चर्चा रहेको बेलामा कम्पनीले सन् २०१९ मा नै ५ जी (5G) स्मार्टफोन ल्याउने तयारी गरेको छ।

सामसंगले अमेरिकी मोबाइल पार्टनर भेरिजोनसँगको सहकार्यमा आगामी वर्षको पहिलो ६ महिना भित्र नै ५जी सर्पोट गर्ने स्मार्टफोन ल्याउने भएको हो । यो विषयमा सामसंग र भेरिजोनले संयुक्त घोषणा गरेका छन् ।

यी कम्पनीले क्वालकम स्न्यापड्रागन टेक्नोलोजी समिटको बेलामा सो स्मार्टफोन प्रदर्शन गर्ने बताईएको छ । क्वालकमले ५जीको लागि एक्स५० फाइभजी एनआर मोडल र एन्टेना मोडूल्स उत्पादन गर्दैछ ।

भेरिजोनले अक्टोबरमा ५जी सर्भिस लन्च गरेको थियो । सो सेवा अमेरिकाको हस्टन, इण्डियानापोलिस, लस एन्जल्स र सक्र्यामेन्टोमा आगामी वर्षदेखि शुरु गर्दैछ ।

सामसंगले ५जी स्मार्टफोन लन्च गरेपछि यूजरहरुले भेरिजोनको ५जी अल्ट्रा वाइडब्याण्ड नेटवर्कको प्रयोग गर्न पाउनेछन् ।

सामसंग बाहेक सन् २०१९मा वानप्लस, मोटोरोला, ह्वावे लगायतका कम्पनीहरुले पनि ५जी स्मार्टफोन ल्याउने अनुमान गरिएको छ ।

easy care

प्रकाशित: १८ मंसिर २०७५, मंगलवार

ताजा समाचार