एलजीको उत्सवमय उपहार योजना, होम अप्लाएन्समा विभिन्न उपहार

Technology Khabar २० भाद्र २०७४, मंगलवार

एलजीको उत्सवमय उपहार योजना, होम अप्लाएन्समा विभिन्न उपहार

काठमाडौं ।

काठमाडौं, २० भदौ । एलजी ब्राण्डले दशैं तिहार तथा छठ २०७४ को अवसर पारेर ‘हजुरको पर्व हाम्रो प्रविधि’ भन्ने मुल नाराका साथ आफ्नो योजना ल्याएको छ ।

एलजीका हरेक सामाग्रीहरुको खरिदमा निशुल्क उपहार, ३० प्रतिशत सम्मको छुट र एल.ई.डि. टि.भीका खरिदमा २ वर्ष सम्मको फुल वारेण्टी दिने कुरा कम्पनीले जनाएको छ ।

सबै ओएलईडी टिभीहरु र ६० इन्च भन्दा माथिका युएचडि टिभीमा ३७ हजार ९ सय ९० रुपैयाँ मूल्य पर्ने एसएच पाईभ साउण्ड बार, ४९ र ५५ इन्च युएचडि टिभीमा १५ हजार ९० रुपैयाँ मूल्य पर्ने म्युजिक फ्लो, ४३ इन्च युएचडि टिभी र ४९ अनि ५५ इन्चका स्मार्ट टिभीहरुमा ११ हजार ५ सय ९० रुपैयाँ मूल्य पर्ने एलएच ६४बि अडियो सिस्टम र ४३ स्मार्ट र ४३ इन्च भन्दा माथिका नर्मल एलइडि टिभीहरुमा ७ हजार १ सय ९० रुपैयाँ पर्ने पिएच वान ब्लुटुथ स्पिकर पक्का उपहार स्वरुप राखिएको छ ।

साइड बाई साइड, डोर.इन. डोर, बटम फ्रिजर रेफ्रिजेरेटरहरुको खरिदमा १३ हजार १ सय ९० रुपैयाँ मूल्य पर्ने माइक्रोवेभ ओभन, चेष्ट फ्रिजर र डबल डोर रेफ्रिजेरेटरको खरिदमा ३ हजार ३ सय ३० रुपैयाँ मूल्य पर्ने मिक्सर ग्राइन्डर पक्का उपहारको रुपमा राखिएको छ ।

त्यसैगरि फ्रन्ट लोड वासिङ्ग मसिनमा ३ हजार ४ सय ४० रुपैयाँ पर्ने सुपर कुकर र टप लोड अनि सेमि अटोमेटिक वासिङ्ग मसिनमा १ हजार ११० रुपैयाँ पर्ने कडाई राखिएको छ ।

डिसवासरमा १ हजार ५०० मूल्य बराबरको फ्रि डिटरजेन्ट, माइक्रोवेभ ओभनमा २ हजार रुपैयाँ मूल्य पर्ने कुकिङ्ग किट, र एसिको खरिदमा मूल्य २ हजार ५ सय मूल्य बराबरको फ्रि इन्स्टलेशन जस्ता आकर्षक उपहारहरु सित्तैमा प्राप्त गर्न सकिने छ ।

यो योजना भदौ १९ गते देखि सिमित अवधिको लागि मात्र लागु गरिएको जारी विज्ञप्तीमा उल्लेख छ ।

easy care

प्रकाशित: २० भाद्र २०७४, मंगलवार

ताजा समाचार