Technology Khabar २० माघ २०७६, सोमबार
काठमाडौं ।
काठमाडौं । एलजी इलेक्ट्रोनिक्सले हालै दक्षिण कोरियाको सिओलको एक रेष्टुरेन्टमा रोबोट जडान गरेको छ जसले टेबुलहरुमा खानेकुराहरु लैजानेछ ।
एलजीको क्लोई सर्भबोटले एक पटकमा चारवटा फुड ट्रेहरु ग्राहकहरुसम्म स्वचालितरुपमा पुर्याउन सक्दछ । यसका साथै यो रोबोटले ग्राहकहरुले खाना खाईसकेपछि टेबुलमा भएका ट्रेहरु संकलन गरेर किचेनसम्म पुर्याउन सक्दछ ।
क्लोई सर्भबोटले ग्राहकहरुलाई आफ्नो सेवा दिईरहँदा विभिन्न किसिमका अनुहारको हाउभाउ समेत प्रस्तुत गर्न सक्दछ । यसबाहेक यसले कुनै मानिसहरु छेउबाट जाँदा वा अवरोधहरु आउँदा क्षमा समेत माग्दछ ।
एलजीको यो रोबोटले मानिसहरुलाई आफू आएको बारेमा जानकारी दिन संगीत समेत बजाउँछ ।
एलजीले यो रोबोट तातो खानेकुराहरु बोक्दा वा भारी किसिमका ट्रेहरुको प्रयोग गर्नका लागि निकै उपयुक्त भएको बताएको छ ।
एलजीले आफ्नो पहिलो रोबोट यूनिट सिओलको सिजे फुडभिल्ले चोईजेम्यून्सो रेष्टुरेन्टमा संचालन गरेको हो । एलजी र सिजेले गत वर्षको अप्रिलदेखि रेष्टुरेन्टहरुमा आवश्यक पर्ने रोबोटहरु विकास गर्न सहकार्य गरिरहेका छन् ।
यसअघि संयुक्तरुपमा नूडल बनाउने रोबोट तथा केयर गिभिंगको सेवा दिने रोबोट जडान गरेका थिए ।
एलजीले घरमा प्रयोग गर्न सकिने र औधोगिक कार्यमा प्रयोगगर्न सकिने रोबोट समेत विकास गरिरहेको बताएको छ । एजेन्सी
प्रकाशित: २० माघ २०७६, सोमबार