Technology Khabar ८ फाल्गुन २०७६, बिहीबार
काठमाडौं ।
काठमाडौं । टेक कम्पनी एलजीले आफ्नो के सिरीजका तीन नयाँ ह्यान्डसेटहरुलाई लिस्ट गरेको छ जसमा एलजी के६१, के ५१एस र के४१एस रहेका छन । कम्पनीले यी तिनओटै फोनहरुमा केहि समान फिचरहरु रहेका छन्। कम्पनी सन् २०२० मा के सिरीजलाई अगाडी बढाउँदै नयाँ स्मार्टफोनहरु ल्याउन लागेको हो ।
यी सबै स्मार्टफोनमा कम्पनीले क्वार्ड रियर क्यामरा, ६.५ इन्चको डिस्प्ले र ४,००० एमएएचका ब्याट्री राखेको छ । यस बाहेक कम्पनीले तिनओटै स्मार्टफोनमा फिंगरप्रिन्ट सेन्सरपनि उपलब्ध गराएको छ । यी तिनओटै स्मार्टफोनहरु मध्ये एलजी के ६१ सबैभन्दा प्रिमियम रहेको छ ।
यी स्मार्टफोनहरुको मुल्यको बारेमा भने हालसम्म कुनै जानकारी अगाडि आएको छैन । तर कम्पनीले यी फोनहरुलाई यस वर्षको दोस्रो त्रैमासिकमा बजारमा उपलब्ध गराउने बताएको छ । कम्पनीको यी फोनहरु सबैभन्दा पहिले अमेरिकी बजारमा त्यसपछि युरोप र एशियामा उपलब्ध हुने छन् ।
कम्पनीले एलजी के६१ लाई टाइटेनियम, ह्वाइट र ब्लु कलर भेरियन्टमा लिस्ट गरेको छ । त्यस्तै कम्पनीले एलजी के५१एस लाई टाइटेनियम, पिंक र ब्लु कलरमा उपलब्ध गराएको छ भने एलजी के ४१एस लाई कम्पनीले टाइटेनियम ब्ल्याक र ह्वाइट कलर भेरियन्टमा उपलब्ध गराएको छ ।
एलजी के६१
यसमा कम्पनीले ६.५ इन्चको फुल एचडि प्लस डिस्प्ले दिएको छ । यसको एस्पेक्ट रेसियो १८.५:९ रहेको छ । यस फोनमा २.३ गीगाहट्र्ज अक्टाकोर सँगै ४जीबी र्याम रहेको छ । यस फोनलाई ६४जीबी र १२८जीबी स्टोरेज भेरियन्टमा उपलब्ध गराईएको छ । यस फोनको स्टोरेजलाई माईक्रो एसडि कार्डको मदतले २ टिबीसम्म बढाउन सकिन्छ । फोनमा क्वाड क्यामरा सेटअप रहेको छ । जसको प्राईमरी सेन्सर ४८ मेगापिक्सेलको, सेकेन्डरी ८ मेगापिक्सेलको, तेस्रो २ मेगापिक्सेलको र चाैथो ५ मेगापिक्सेलको रहेको छ । सेल्फिको लागी फोनको फ्रन्टमा १६ मेगापिक्सेलको क्यामरा सेन्सर रहेको छ । फोनमा पावर ब्याकअपको लागी ४,००० एमएएचको ब्याट्री रहेको छ ।
एलजी के५१एस
कम्पनीले यस स्मार्टफोनमा पनि ६.५ इन्चको एचडि प्लस डिस्प्ले दिएको छ । यस फोनको एस्पेक्ट रेशियो २०:९ रहेको छ । यस फोनका २.३ गीगाहट्र्ज अक्टाकोर प्रोसेसर र ३जीबी र्याम रहेको छ । यसमा कम्पनीले ६४ जीबी स्टोरेज प्रदान गरेको छ । यसको स्टोरेजलाई पनि माईक्रो एसडि कार्डको मदतले २ टिबी सम्म बढाउन सकिन्छ । फोनमा क्वाड क्यामरा सेटअप रहेको छ । जसको प्राईमरी क्यामरा सेन्सर ३१ मेगापिक्सलको, सेकेन्डरी ५ मेगापिक्सलको, थर्ड र फोर्थ २–२ मेगापिक्सलको रहेको छ । सेल्फिको लागी यस फोनमा १३ मेगापिक्सलको फ्रन्ट क्यामरा रहेको छ । फोनको ब्याट्री ४,००० एमएएच को रहेको छ ।
एलजी के ४१एस
कम्पनीको यस फोनमा पनि ६.५ इन्चको डिस्प्ले रहेका छ । यसको एस्पेक्ट रेशियो २०:९ रहेको छ । यस फोनमा २.० गीगाहर्टज अक्टाकोर प्रोसेसर सँगै ३जीबी र्याम रहेको छ । यसमा ३२जीबी इन्टरनल स्टोरेज रहेको छ । यस फोनको स्टोरेजलाई पनि माइक्रो एसडि कार्डको सहयोगमा २ टिबी सम्म बढाउन सकिन्छ । कम्पनीको यस फोनमा क्वाड क्यामरा सेटअप रहेको छ । जसको प्राईमरी क्यामराको लेन्स १३ मेगापिक्सलको, सेकेन्डरीको ५ मेगापिक्सलको, थर्ड र फोर्थ २–२ मेगापिक्सलको रहेको छ । फोनमा सेल्फिको लागी ८ मेगापिक्सलको फ्रन्ट क्यामरा रहेको छ । । फोनको ब्याट्री ४,००० एमएएच को रहेको छ ।
प्रकाशित: ८ फाल्गुन २०७६, बिहीबार