जिओनीका सर्भिस सेन्टर पाँच स्थानमा, क्षेत्रियरुपमा सेवा बिस्तारको उद्धेश्य

Technology Khabar १७ फाल्गुन २०७३, मंगलवार

जिओनीका सर्भिस सेन्टर पाँच स्थानमा, क्षेत्रियरुपमा सेवा बिस्तारको उद्धेश्य

काठमाडौं ।

काठमाडौं, १७ फागुन । जिओनीले आफ्ना ग्राहकहरुलाई बिक्रीपछिको सेवा प्रदान गर्नका लागि आधिकारिक सर्भिस सेन्टरहरु बिस्तार गरेको छ ।

कम्पनीले पोखरा, नारायणघाट, नेपालगंज, इटहरी र विरगंजमा आफ्नो आधिकारिक सर्भिस सेन्टरहरु स्थापना गरेको छ । जिओनीले पोखरामा यहि फागुन १३ गते, नारायणघाटमा फागुन १५ गते तथा नेपालगंजमा फागुन १७ गते मंगलवार स्थापना गरेको हो ।

यसैगरि कम्पनीले इटहरी र विरगंजमा पनि फागुन १७ गते आजै नयाँ आधिकारिक सर्भिस सेन्टरहरु स्थापना गरेको छ ।

कम्पनीले क्षेत्रियरुपमा रिजनल सर्भिस सेन्टर स्थापना गर्ने उदेश्यका साथ नयाँ सर्भिस सेन्टरहरु स्थापना गरिएको जनाएको छ ।

easy care

प्रकाशित: १७ फाल्गुन २०७३, मंगलवार