जियोनी एस नाइन स्मार्टफोन आउँदै, जियोनीको पहिलो ड्यूल क्यामरा फोन

Technology Khabar २५ कार्तिक २०७३, बिहीबार

जियोनी एस नाइन स्मार्टफोन आउँदै, जियोनीको पहिलो ड्यूल क्यामरा फोन

काठमाडौं ।

काठमाडौं, २५ कात्तिक । जियोनीले अब ड्यूल क्यामरा सेटअपसहितको स्मार्टफोन ल्याउने तयारी गरेको छ । पछिल्लो दिनमा फ्ल्यागशिप फोनहरुमा ड्यूल क्यामरा एउटा आवश्यकता जस्तो भएको बेला कम्पनीले जियोनी एस ९ मा (Gionee S9) ड्यूल क्यामरा राखेको छ ।

टेनाबाट (TEENA) सार्वजनिक भएको नयाँ जानकारीअनुसार जियोनीको पहिलो ड्यूल क्यामरा फोन जियोनी एस नाइन आउन लागेको हो । कम्पनीले भर्खरै सार्वजनिक गरेको एउटा विज्ञापन टिजरअनुसार यो स्मार्टफोन नोभेम्बर १५ तारिखमा चीनमा सार्वजनिक हुनेछ । यसका साथै कम्पनीले एस नाइन टी (S9T) स्मार्टफोन पनि सार्वजनिक गर्नेछ ।

यो स्मार्टफोन यसअघिको एफ नाइन (F9) तथा एफ नाइन टी (F9T) जस्तै रहेको छ भने केहि विशेष फरकहरु रहनेछन् । यो स्मार्टफोन गोल्ड कलरमा उपलब्ध हुनेछ ।gionee-s9

जियोनी एस नाइनमा ५.५ इन्चको फूल एचडी डिस्प्ले रहनेछ छ भने २.५ डी ग्लास स्क्रीन हुनेछ। यसमा १.८ गीगाहर्जको अक्टा कोर हेलियो पी १० चीपसेट ४ जीबीको र्याम तथा ६४ जीबीको आन्तरिक स्टोरेज रहनेछ । यसको स्टोरेजलाई बढाउने सुविधा पनि रहेको छ ।

एन्ड्रोयडको ६.० मार्शमाल्लोमा आधारित हुने फोनमा ३,००० एमएएचको ब्याट्री हुनेछ भने फिंगरप्रिन्ट स्क्यानर पनि राखिएको छ ।

फोटोका लागि फोनमा १३ मेगापिक्सेलको मूख्य क्यामरा सेन्सर छ भने अर्को ५ मेगापिक्सेलको सेन्सर गहिराई तथा फोकस फिचरका लागि राखिएको छ ।gionee-s9_01

यो स्मार्टफोनको बारेमा आधिकारिक जानकारी नआएपनि जियोनी एस नाइनको मूल्य २८०० यूआन हुने बताईएको छ ।

चीनमा सार्वजनिक भएपछि मात्र यो फोन अन्य बजारमा प्रवेश गर्ने गर्दछ तर पनि यो विश्व बजारमा कहिलेसम्म आउँछ कुनै जानकारी आएको छैन् । नेपाली बजारमा भने यो फोन आउने अनुमान गर्न सकिन्छ ।

पछिल्लो दिनमा जियोनीले नेपाली बजारलाई प्राथमिकतामा राख्दै आएको छ । जियोनीका विश्व बजारमा आएका चर्चित फोनका मोडलहरु नेपालमा अन्य बजारमा भन्दा छिटै उपलब्ध हुने गरेका छन् ।

अझ कतिपय मोडल त चीनमा सार्वजनिक हुने बित्तिकै नेपालमा आउने गरेका छन् । यसको उदारहणमा पि म्याक्सलाई लिन सकिन्छ । जुन नेपालमा सार्वजनिक भएपछि मात्र भारत लगायत अन्य बजारमा गएको थियो ।

माध्यम

easy care

प्रकाशित: २५ कार्तिक २०७३, बिहीबार