सीजी ब्राण्डको ४ के स्मार्ट टीभी नेपाली बजारमा

Technology Khabar ५ कार्तिक २०७३, शुक्रबार

सीजी ब्राण्डको ४ के स्मार्ट टीभी नेपाली बजारमा

काठमाडौं ।

काठमाडौं, ५ कात्तिक । सीजी ब्राण्डले तिहार तथा छठको अवसर पारेर ४ के स्मार्ट टीभी नेपाली बजारमा भित्र्याएको छ । कम्पनीले विभिन्न योजनाका साथ ६५ इञ्चको एलईडी टीभी लञ्च गर्नुका साथै अरु एलईडी र स्मार्ट टीभीहरु बजारमा ल्याएको हो ।

एण्ड्रोयड, क्वाड कोर प्रोसेसर र द अल्ट्रा क्लियर प्यानल समावेश भएको उक्त ६५ इञ्चको एलईडी टीभीको स्वरुप आकर्षक भएको कम्पनीको दाबी छ । कम्पनीका अनुसार उक्त टीभीमा एप स्टोर, वाईफाई, वेब ब्राउजर, डल्बी साउण्डजस्ता विशेषताहरु छन् ।

कम्पनीले चाडपर्वको अवसरमा सीजी ब्राण्डका एलईडी टीभीको खरीदमा ‘आकर्षक गिफ्ट र स्योर शट’ उपहारका साथै २० देखि ३२ इञ्चसम्मका टीभीमा २० प्रतिशतसम्मको ‘महा क्याश ब्याक अफर’ योजना पनि संचालन गरिरहेको जनाएकाे छ ।

easy care

प्रकाशित: ५ कार्तिक २०७३, शुक्रबार

ताजा समाचार