सामसुंग ग्यालेक्सी एस सेभेन तथा एस सेभेन एज अब ‘पिंक गोल्ड’ कलरमा

Technology Khabar ८ बैशाख २०७३, बुधबार

सामसुंग ग्यालेक्सी एस सेभेन तथा एस सेभेन एज अब ‘पिंक गोल्ड’ कलरमा
तस्विरः सामसुंग अनलाइन

काठमाडौं ।

काठमाडौं, ८ वैशाख । सामसुंगले पिंक गोल्ड कलर संस्करणमा सबैभन्दा नयाँ फ्ल्यागशिपहरु ग्यालेक्सी एस सेभेन (Galaxy S7) तथा एस सेभेन एज (Galaxy S7 Edge) सार्वजनिक गरेको छ ।

पछिल्ला दिनहरुमा परम्परागत कलर ब्ल्याक एण्ड ह्वाइट कलरले ग्राहकहरुको आकर्षण गुमाईरहेको छ भने कम्पनीहरुले पनि आफ्ना डिभाइसहरु विभिन्न कलरमा ल्याउने क्रम जारी छ । यसै आधारमा सामसुंगले पनि ग्राहकहरुलाई थप आकर्षित गर्न पछिल्लो दिनमा चर्चित कलरको रुपमा रहेको ‘पिंक गोल्ड’ कलर (Pink Gold) भेरिएन्ट ल्याएको हो ।

सामसुंगले बुधवारदेखि कोरियामा मात्र उपलब्ध हुने गरि एस सेभेन तथा एस सेभेन एज पिंक गोल्ड भेरिएन्टमा ल्याएको हो । कम्पनीले यसअघि नै विश्व बजारमा एस सेभेन तथा एस सेभेन एजको चार कलर भेरिएन्ट सार्वजनिक गरिसकेको छ ।

तस्विरः साम मोबाइलबाट
तस्विरः साम मोबाइलबाट

पिंक गोल्ड ग्यालेक्सी एस सेभेन तथा एस सेभेन एज सिमित बजारहरुमा आगामी दिनमा छिटै उपलब्ध हुने कोरियन कम्पनीले जनाएको छ ।

‘पिंक गोल्ड कलर अन्य कलर जस्तै प्राकृतिक रंगको रुपमा छनौट गरिएको हो जसले आरामदायीको प्रतिनिधित्व गर्दछ,’ कम्पनीद्धारा अनलाईनमा राखिएको प्रेस विज्ञप्तिमा उल्लेख छ । पिंक गोल्डले भलादमीपना, परिस्कृत विज्ञता स्मार्टफोनको डिजाइनमा झल्काउने कम्पनीको भनाई छ ।

सामसुंग ग्यालेक्सी एस सेभेन तथा एस सेभेन एज यसअघि नै बजारमा ह्वाइट पर्ल (White Pearl), सिल्भर टिटानियम (Silver Titanium), ब्ल्याक्स ओनिक्स (Black Onyx) र गोल्ड प्लाटिनम (Gold Platinum) कलर अप्सनमा उपलब्ध छ ।

पिंक गोल्डलाई धेरैजसो रोज गोल्डको नामबाट चिनिन्छ । सामसुंगले यसअघि पनि आफ्ना स्मार्टफोनहरु ग्यालेक्सी नोट ५, ग्यालेक्सी एस सिक्स एज प्लसको पिंक गोल्ड कलर भेरिएन्ट ल्याईसकेको छ ।

माध्यम   स्रोत

easy care

प्रकाशित: ८ बैशाख २०७३, बुधबार

ताजा समाचार