जियोनिले एम फाइभ लाइट फोन नेपाली बजारमा ल्याउँदै

Technology Khabar २५ माघ २०७२, सोमबार

जियोनिले एम फाइभ लाइट फोन नेपाली बजारमा ल्याउँदै

काठमाडौं ।

काठमाडौं, २५ माघ । जियोनिले चाँडै नै ठूलो ब्याट्री भएको म्याराथन सिरिजको सबैभन्दा नयाँ फोन, एम फाइभ लाइट (M5 Lite) नेपालमा भित्र्याउने भएको छ ।

एम फाइभ लाइटमा पूर्ण मेटालिक, अल्ट्रा स्लीम युनिबडीमा ५ इन्चको एचडी स्क्रिन रहेको छ । यो फोनमा ८ मेगापिक्सेलको रियर क्यामेरा र ५ मेगापिक्सेलको फ्रन्ट क्यामेरा रहेको छ भने १.३ गिगाहर्जको क्वाड–कोर प्रोसेसरद्धारा संचालन हुन्छ ।

फोनको सबैभन्दा आकर्षक पक्ष भनेको यसको ४००० एमएएचको ब्याट्री हो, जुन साधारण फोनको ब्याट्री भन्दा दुई गुना बढी क्षमताको भएको कम्पनीले दाबी गरेको छ ।

यो फोनको अर्को आकर्षक पक्षमा ३ जीबी र्याम र ३२ जीबी इन्टरनल मेमोरी रहेको छ । यसको मेमोरी माइक्रो एसडी कार्डबाट १२८ जीबी थप्न सकिन्छ ।

एन्ड्रोयडको ५.१ ललिपप भर्सनमा आधारित फोनमा जियोनिको आफ्नै सफ्टवेयर अमिगो ३.१ (Amigo 3.1) हुनेछ । एम फाइभ लाइटले एकै समयमा रिभर्स ओटिजी प्रविधिमार्फत दुई अन्य फोन चार्ज गर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।

एम फाइभ लाइट “श्याम्पेन गोल्डेन“ रंगमा उपलब्ध हुनेछ भने यसको बजार मूल्य रु. १९,९९९।- तोकिएको छ ।

easy care

प्रकाशित: २५ माघ २०७२, सोमबार

ताजा समाचार