कार्बोनका ४ वटा नयाँ मोबाइल सेट बजारमा, एक स्मार्टफोन तथा ३ बारफोन भित्रियो

Technology Khabar १४ असार २०७२, सोमबार

कार्बोनका ४ वटा नयाँ मोबाइल सेट बजारमा, एक स्मार्टफोन तथा ३ बारफोन भित्रियो

काठमाडौं ।

काठमाडौं, १४ असार । कार्बोन मोबाइलका नेपालका लागि आधिकारीक बितरक एलाईड ट्रेड लिंकले चारवटा नयाँ मोबाइल सेट भित्र्याएको छ ।

कम्पनीले के १५ मेटल, के ४०, के ६९५ प्लस तथा मच वान स्मार्टफोन बजारमा ल्याएको हो । यसमध्ये मच वान स्मार्टफोन हो भने अन्य तीनवटा बारफोन हुन् ।

कार्बोनको मच वान स्मार्टफोनको मूल्य १३ हजार ६ सय ४९ रुपैंया तोकेको छ । त्यस्तै बारफोनमध्ये के १५ मेटलको मूल्य २,०३२ रुपैंया, के ४० को मूल्य २,५९० रुपैंया तथा के ६९५ प्लसको मूल्य २,४९० रुपैंया तोकिएको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले ल्याएको मच वान स्मार्टफोनमा ४.७ इन्चको स्क्रीन रहेको छ भने १.३ गीर्गाहर्जको क्वाड कोर प्रोसेसर राखिएको छ । यो स्मार्टफोनमा बीएसआई सेन्सर तथा फ्ल्याशका साथमा ८ मेगापिक्सेलको रियर क्यामरा तथा फ्ल्याशसहित ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ ।

मच वानमा १ जीबीको र्याम तथा ८ जीबीको आन्तरिक मेमोरी राखिएको छ भने १८०० एमएएचको ब्याट्री रहेको छ ।

यो स्मार्टफोन एन्ड्रोयडको किटक्याट ४.४ भर्सनमा आधारित रहेको कम्पनीले जनाएको छ ।

कम्पनीले ल्याएका अन्य बारफोनहरुमा क्यामरा, २.४ इन्चको स्क्रीन, एफ एम रेडियो, जीपीआरएस, तथा बढाउन सकिने मेमोरीलगायतका सुविधा रहेका छन् ।

कार्बोनका स्मार्टफोनहरु सूपथ मूल्य, उच्च गुणस्तर तथा भरपर्दो बिक्रीपछिको सेवाका कारण लोकप्रिय रहेको कम्पनीको दाबी छ ।

के १५ मेटलK15-Metal

के ४०

K40

के ६९५ प्लस

K695+

easy care

प्रकाशित: १४ असार २०७२, सोमबार