कार्बनको बजेट स्मार्टफोन टायटानियम म्याक टू

Technology Khabar १ चैत्र २०७१, आईतवार

कार्बनको बजेट स्मार्टफोन टायटानियम म्याक टू

काठमाडौं ।

काठमाडौं, १ चैत । भारतीय मोबाइल फोन निर्माता कम्पनी कार्बनले भारतीय बजारमा नयाँ बजेट स्मार्टफोन ल्याएको । कार्बनले एन्ड्रोयडमा आधारित स्मार्टफोन टाइटानियम म्याक टूको घोषणा गरेको हो ।

नयाँ स्मार्टफोन केहि समय अघि लन्च गरिएको म्याक वानको नयाँ भेरिएन्ट हो । यो स्मार्टफोन केहि दिनपहिले इकमर्श साइट ईबेमा लिष्टिंग भएको थियो ।11315-103

कार्बनको म्याक टूमा १.४ गीगाहर्जको अक्टा कोर प्रोसेसर रहेको छ भने यसमा १ जीबीको इन्टरनल मेमोरी राखिएको छ । कार्बनको यो फोनमा ५ इन्चको एचडी डिस्प्ले स्क्रीन छ । नयाँ फोनमा बिएसआई सेन्सरसहित ८ मेगापिक्सेलको रियर क्यामरा छ भने फ्रन्ट क्यामरापनि ८ मेगापिक्सेलको नै रहेको छ । ८ जीबीको आन्तरिक स्टोरेज रहेको यो फोनमा दुई सिम प्रयोग गर्न सकिन्छ ।

यो स्मार्टफोन एन्ड्रोयडको किटक्याट ४.४ मा आधारित छ भने गोरिल्ला ग्लास ३ द्धारा फ्रन्ट र ब्याक सुरक्षित गरिएको छ । यो फोनमा १९०० एमएएचको ब्याट्री राखिएको छ । टाइटानियम म्याक टूको बजार मूल्य १ सय ६६ अमेरिकी डलर तोकिएको छ ।Karbonn Titanium Mach two 1

इकमर्श साइटमा कार्बनको यो फोन डिप ब्लू रंगमा लिष्ट गरिएको छ । यसका साथमा खरिदकर्ताले सिलिकन केस निशुल्क पाउनेछ ।

इसअघि कार्बनको म्याक वान एस ३१० स्मार्टफोन जनवरीमा लन्च गरिएको थियो । यो फोन स्न्यापडिलमा ६ हजार ९ सय ९० रुपैंया उपलब्ध रहेको थियो ।

Global Bank
easy care

प्रकाशित: १ चैत्र २०७१, आईतवार

ताजा समाचार