Technology Khabar ३१ असार २०७२, बिहीबार
काठमाडौं ।
काठमाडौं, ३० असार । कार्बनले आफ्नो नयाँ स्मार्टफोन बजारमा सार्वजनिक गरेको छ । कम्पनीले यस अघि ल्याएको टाइटेनियम मच वानको नयाँ संस्करण टाइटेनियम मच वान प्लस (Titanium Mach One Plus) भारतमा सार्वजनिक गरेको छ । यो स्मार्टफोन रिटेल स्टोर्स तथा ईकमर्श वेबसाइट्समा खरिद गर्न सकिन्छ ।
कम्पनीले नयाँ फोन लन्च गरेको समयमा नै टाइटेनियम मच वान प्लसमा स्विफ्स की प्याड इन्टिग्रेशन स्विफ्टकी ३.० दिईएको एक मात्र पहिलो स्मार्टफोन भएको दाबी गरेको छ ।
यो स्मार्टफोनमा २२ वटा भारतीय भाषाहरुमा च्याट गर्ने सुविधा दिईएको छ । कार्बनले भारतभरी ९ सय भन्दा अधिक सर्भिस सेन्टर भएको जानकारी दिएको छ ।
कार्बनको यो नयाँ स्मार्टफोनमा १.३ गीगाहर्जको क्वाड कोर मिडिया टेक प्रोसेसर रहेको छ भने २ जीबीको र्याम राखिएको छ । यो फोनमा १६ जीबीको इन्टर्नल मेमोरी राखिएको छ जसलाई माइक्रो एसडीको सहयोगमा ३२ जीबीसम्म पुर्याउन सकिन्छ ।
कार्बनको यो स्मार्टफोनमा ४.७ इन्चको डिस्प्ले छ, जसको पिक्चर रिजोल्यूशन ७२०X१२८० पिक्सेल रहेको छ । यो फोनमा ८ मेगापिक्सेलको रियर क्यामरा तथा ५ मेगापिक्सेलको फ्रन्ट फेसिंग क्यामरा राखिएको छ ।
यो स्मार्टफोनमा कम्पनीले अम्याजन, फ्लिपकार्ट, हंगामा म्यूजिक, सावन, ओपेरा, ओएलएक्स तथा क्लीनमाष्टर एप्स शुरुमा नै इन्टल गरिएको छ ।
कार्बन टाटेनियम मच वान प्लसको यो स्मार्टफोन एन्ड्रोयडको ललीपप ५.० भर्सनमा आधारित रहेको छ । बजेट स्मार्टफोनको रुपमा आएको यो स्मार्टफोनको मूल्य भारतमा ६,९९० भारु तोकिएको छ ।
प्रकाशित: ३१ असार २०७२, बिहीबार