कार्बनका दुई बजेट स्मार्टफोन टाइटानियम मोगुल तथा टाइटानियम एस२०५

Technology Khabar १६ पुष २०७२, बिहीबार

कार्बनका दुई बजेट स्मार्टफोन टाइटानियम मोगुल तथा टाइटानियम एस२०५
फाइल

काठमाडौं ।

काठमाण्डौं, १६ पुस । कार्बनले दुईवटा बजेट स्मार्टफोन सार्वजनिक गरेको छ । भारतीय ब्राण्ड कार्बनले टाइटानियम मोगुल(Titanium Moghul) तथा कार्बन टाइटानियम एस २०५ (Titanium s205 2gb) लन्च गरेको हो ।

कार्बनले सार्वजनिक गरेको टाइनानियम मोगुलमा ५ इन्चको क्यूएचडी डिस्प्ले राखिएको छ, जसको रिजोल्यूशन ५४०X९६० पिक्सेल रहेको छ । यसको स्क्रीनलाई ड्यागनट्रेल ग्लासद्धारा सुरक्षित पारिएको छ ।

यसमा १ जीबीको र्याम तथा ८ जीबीको आन्तरिक स्टोरेज रहेको छ, जसलाई बढाएर ३२ जीबीसम्म पुर्याउन सकिन्छ ।

यसमा १.२ गीगाहर्जको क्वाड कोर प्रोसेसर राखिएको छ भने एन्ड्रोयडको किटक्याट ४.४ भर्सनमा संचालन हुन्छ ।

फोनमा एलईडी फ्ल्याशसहितको ८ मेगापिक्सेलको रियर क्यामरा तथा ३.२ मेगापिक्सेलको फ्रन्ट फेसिंग क्यामरा राखिएको छ । दुई सिम सपोर्ट गर्ने यो स्मार्टफोनमा थ्रीजी सपोर्ट गर्दछ भने २,००० एमएएचको ब्याट्री रहेको छ ।karbonn_titanium_s205_2gb

त्यसैगरी कार्बन टाइटानियम एस २०५ २ जीबीमा पनि ५ इन्चको क्यूएचडी डिस्प्ले राखिएको छ ।

यसमा पनि कार्बन मोगुलको जस्तै १.२ गीगाहर्जको क्वाड कोर प्रोसेसर छ । तर यो फोनमा २ जीबीको र्याम तथा १६ जीबीको स्टोरेज रहेकोछ, जसलाई ३२ जीबीसम्म पुर्याउन सकिन्छ ।

कार्बन टाइटानियम एस २०५ मा पनि कार्बन मोगुलको जस्तै क्षमता र गुणस्तरको रियर तथा फ्रन्ट क्यामरा राखिएको छ ।

यसमा भने २२०० एमएएचको ब्याट्री रहेको छ साथै यसमा दुई सिम प्रयोग गर्नसकिने र थ्रीजी सपोर्ट रहेको छ ।

भारतीय बजारमा सार्वजनिक भएका दुबै बजेट फोनको मूल्य क्रमशः ५,७९० भारु तथा ६,७०० भारु तोकिएको छ ।

easy care

प्रकाशित: १६ पुष २०७२, बिहीबार

ताजा समाचार