नोकियाको एन्ड्रोएडमा आधारीत फीचर फोन आउँदै, ८ एमबी र्यामसँगै ६ एमबीको स्टोरेज

Technology Khabar ५ फाल्गुन २०७६, सोमबार

नोकियाको एन्ड्रोएडमा आधारीत फीचर फोन आउँदै, ८ एमबी र्यामसँगै ६ एमबीको स्टोरेज

काठमाडौं ।

काठमाडौं । कुनै समयको निकै चर्चित मोबाइल ब्रान्ड नोकियाले आफ्नो बेसिक फोनहरुलाई लन्च गर्ने तयारीमा लागेको छ । कम्पनीले चाँडै नै नोकिया ५.२ नोकिया १.३ र नोकिया ८.२ लन्च गर्न लागेको हो ।

यसबाहेक कम्पनीले आफ्नो नयाँ स्मार्टवाचलाई पनि लन्च गर्न सक्ने खबरहरु प्रकाशमा आएका छन । कम्पनीलाई हालैमा टिए–१२१२ मोडल नम्वरसँगै चाइनिज टेलीकम रेगुलेटर टेना को सर्टिफिकेशन पनि मिलेको छ ।

रिर्पोटअनुसार कम्पनीले लामो समयदेखी आफ्नो नयाँ फोनहरुमा काम गरिरहेको छ । यद्पी यी फोनहरुको हालसम्म कुनै पनि फोटो सार्वजनिक भएको छैन । मिडिया रिर्पोट अनुसार कम्पनीको यी नयाँ फोनहरु डिजाइनमा नोकिया २२० जस्तो नै रहेको छ । रिर्पोटमा फोनको तौल ८८ ग्राम हुन सक्ने पनि बताइएको छ । कम्पनीको सो फोन बेसिक फोन रहेको र यसले ४जी कनेक्टिभिटिलाई सर्पोट गर्ने पनि रिर्पोटमा उल्लेख गरिएको छ ।

यस फोनको डिस्प्लेको साइज २.४ इन्चको हुन सक्ने छ । सँगै फोनको रेज्योलुशन २४०×३२० हुन सक्ने छ । मिडिया रिर्पोटकाअनुसार कम्पनीको यस फोनमा ६ एमबीको इन्टरनल स्टोरेज र ८ एमबी र्याम हुन सक्ने छ । नोकियाको यस बेसिक फोनलाई नोकिया २२० ४जीको डाउनग्रेड भर्जन रहेको बताईँदै आएको छ । यसअघि कम्पनीको नोकिया २२० ४जी मा २४ एमबी इन्टरनल स्टोरेज रहेको थियो भने फोनमा १६ एमबी र्याम रहेको थियो । कम्पनीले आफ्नो नयाँ फोनमा १२०० एमएएचको ब्याट्री प्रदान गर्न सक्ने छ । नोकियाले फोन चाँडै नै विश्व बजारमा लन्च गर्न सक्ने देखिएको छ ।

यदि कम्पनीले ल्याउन लागेको यी किप्याड फोनमा एन्ड्रोएड सर्पोट रहेको खण्डमा यो विश्वको पहिलो कि प्याडयुक्त एन्ड्रोएड फोन हुने छ । हालसम्म स्क्रिन टच डिभाइसहरुमा मात्रै एन्ड्रोएड सर्पोट रहँदै आएको छ । त्यस्तै कि प्याड फोनमा भने काई ओएस अपरेटिङ्ग सिस्टमको सर्पोट रहँदै आएको छ । यद्पी कम्पनीले भने आफ्नो नयाँ फोनको बारेमा हालससम्म कुनै अफिशियल जानकारी प्रदान गरेको छैन । एजेन्सी

easy care

प्रकाशित: ५ फाल्गुन २०७६, सोमबार