Technology Khabar २२ फाल्गुन २०७६, बिहीबार
काठमाडौं ।
काठमाडौं । नोकिया ब्रान्डको फोन बनाउने कम्पनी एचएमडि ग्लोवलले नोकिया सी सीरीजको एक नयाँ स्मार्टफोन लाई मार्केटमा ल्याउने तयारी गरिरहेको छ । निकै समयदेखि रिर्पाेटहरुमा कम्पनी नोकिया सी १ को अपग्रेडेड भेरियन्ट नोकिया सी २ लाई मार्केटमा ल्याउन सक्ने बताइएको थियो । कम्पनीले नोकिया सी १ लाई गएको वर्षको डिसेम्वरमा लन्च गरेको थियो।
लन्च गरिएको नोकिया सी१ पुरानो फिचरको फोनको स्मार्ट भर्जन रहेको थियो । कम्पनीको नोकिया सी१–०१ वर्ष २०१० मा लन्च भएको थियो । त्यस्तै कम्पनीको तर्फबाट हालसम्म नोकिया सी २ को बारेमा कुनै जानकारी सार्वजनिक भएको छैन । तर यस डिभाइसलाई कम्पनीले चाँडै नै लन्च गर्न सक्ने अनुमान लगाइएको छ।
रिर्पोटहरुकाअनुसार नोकिया सी २ ह्यान्डसेटमा ४जी सर्पोट यूनिसक प्रोसेसर हुन सक्ने छ । यस फोनमा डुअल सिम कार्ड स्लट रहने छ । फोन टिए–१२०४ मोडल नम्वरसँगै लन्च हुन्छ । कम्पनीको यस स्मार्टफोन मार्केटमा लो बजेट ह्यान्डसेटको रुपमा सार्वजनिक हुने बताईएको छ।
कम्पनीले नोकिया सी२ लाई एमडब्ल्युसी २०२० मा पेश गर्न सक्ने आशा गरिएको थियो । तर कोरोनाभाइरसको त्रासका कारण हाल यस इभेन्टलाई रद्द गरिएको छ । बार्सिलोनामा आयोजना हुने यस इभेन्टमा कम्पनीले नोकिया ८.२ ५जी, नोकिया ५.२ र नोकिया १.३ लाई पनि लन्च गर्न सक्ने अनुमान लगाईएको थियो । एजेन्सी
प्रकाशित: २२ फाल्गुन २०७६, बिहीबार