ग्यालेक्सी एम३१ को टिजर, ६४ मेगापिक्सेको क्वाड क्यामरा र ६,००० एमएएचको ब्याट्री

Technology Khabar २५ माघ २०७६, शनिबार

ग्यालेक्सी एम३१ को टिजर, ६४ मेगापिक्सेको क्वाड क्यामरा र ६,००० एमएएचको ब्याट्री
Classic Tech

काठमाडौं । दक्षिण कोरियन कम्पनी सामसङले एम सीरीजको ग्यालेक्सी एम३१ लाई लन्च गर्ने तयारी सुरु गरेको छ । ट्विटरमा अफिशियल जस्तै देखिने एक टिजर सार्वजनिक भएको छ । जसमा ग्यालेक्सी एम३१ को जानकारी रहेको छ ।

कम्पनीको ग्यालेक्सी एम३१ स्मार्टफोनमा ६४ मेगापिक्सेलको प्राइमरी क्यामरा रहेको छ । यस फोनमा क्वाड क्यामरा सेटअप रहेको छ । रिर्पोटअनुसार कम्पनीले भारतमा ग्यालेक्सी एम११, ग्यालेक्सी एम२१ र ग्यालेक्सी एम४१ लाई पनि सार्वजनिक गर्ने तयारी गरेको छ ।

ग्यालेक्सी एम३१ मा के कस्तो विशेषताहरु रहनेछन हाल स्पस्ट भएको छैन । तर आएको एक जानकारी अनुसार यस स्मार्टफोनमा एक्सजोन ९६११ प्रोसेसर प्रदान गरिने छ । यस स्मार्टफोनलाई कम्पनीले तीन कलर अप्सनहरु ब्ल्यु, ब्ल्याक र रेड मा लन्च गर्न सक्ने छ ।

ग्यालेक्सी एम३१ मा ६,००० एमएएच पावरको ब्याट्री रहने छ । यसअघि सार्वजनिक भएको ग्यालेक्सी एम३०एस मा पनि पावरफुल ब्याट्री रहेको थियो । महत्वपुर्ण कुरा गएको महिना वाईफाई एलियन्स वेबआइटमा ग्यालेक्सी एम३१ को सर्टिफिकेशन देखिएको थियो ।

ग्यालेक्सी एम३१ दुुई भेरियन्टमा लन्च हुनसक्नेछ जसमा बेस भेरिएन्टमा ४जीबी र्याम र ६४जीबी स्टोरेज रहने छ । त्यस्तै दोस्रो भेरिएन्टमा १२८जीबीको स्टोरेज रहने छ ।

यस स्मार्टफोनमा एन्ड्रोएड १० मा आधारित सामसङको कस्टम ओएस प्रदान गरिने छ । यो सामसङको लो बजेट स्मार्टफोनको रुपमा लन्च हुन सक्दछ । एजेन्सी

प्रकाशित: २५ माघ २०७६, शनिबार

Comments are closed.

Loading...