Technology Khabar १५ फाल्गुन २०७६, बिहीबार
काठमाडौं ।
काठमाडौं । स्मार्टफोन निर्माता कम्पनी सामसङले मिड रेन्ज सेगमेन्टमा आफ्नो एम सीरीजको नयाँ स्मार्टफोन ग्यालेक्सी एम३१ लाई भारतमा सार्वजनिक गरेको छ । यस फोनमा ठुलो ब्याट्री ब्याकअपसँगै क्वाड क्यामरा सेटअप रहेको छ । यसलाई यसअघिको एम३० को सक्सेसर मानिएको छ ।
कम्पनीको नयाँ ग्यालेक्सी एम३१, दुई स्टोरेज अप्शन सँगै सार्वजनिक गरिएको हो । फोन ब्ल्यु र स्पेस ब्ल्याक कलर अप्शन सँगै रहेको छ । यसको ६जीबी र्याम र ६४ जीबी स्टोरेजको मुल्य १४,९९९ भारु तोकिएको छ भने ६जीबी र्याम र १२८जीबी स्टोरेजको मुल्य १५,९९९ भारु राखिएको छ ।
नयाँ ग्यालेक्सी एम३१ मा ६.४ इन्चको फुल एचडि प्लस डिस्प्ले रहेको छ । यसबाहेक पर्फमेन्सको लागी यसमा कम्पनीले आफ्नै अक्टा कोर एक्सीनेज ९६११ चिपसेट प्रयोग गरेको छ । यस फोन एन्ड्रोएड १० मा आधारित यूआई २.० मा रन गर्दछ । यस फोनमा ६,००० एमएएचको ब्याट्री रहेको छ । जुन १५ जाटको फास्ट चार्जिंग सहित रहेको छ ।
कम्पनीले यस नयाँ फोनको क्यामरा सेक्सनको निकै ध्यान दिएको देखिन्छ । यसको रियरमा क्वाड क्यामरा सेटअप रहेको छ । जसमा ६४ मेगापिक्सलको प्राइमरी सेन्सर, ८ मेगापिक्सलको अल्ट्रा वाइड एंगल लेन्स, ५ मेगापिक्सलको माईक्रो शुटर र ५ मेगापिक्सलको डेप्थ सेन्सर रहेको छ । त्यस्तै फोनमा सेल्फिको लागी ३२ मेगापिक्सलको फ्रन्ट क्यामरा रहेको छ ।
कनेक्टिभीटीको लागी फोनमा ४जी भोएलटिई, वाईफाई, ब्लुटुथ, जीपीएस र यूएसबी टाईप सी जस्ता फिचरहरु रहेको छ । जसले फोनलाई मिड रेन्ज भेरियन्टमा उत्कृष्ट बनाउन सक्ने छ । एजेन्सी
प्रकाशित: १५ फाल्गुन २०७६, बिहीबार