Technology Khabar २० भाद्र २०७२, आईतवार
काठमाडौं ।
काठमाडौं, २० भदौ । भारतीय मोबाइल कम्पनी कार्बनले टाइटेनियम सिरिजको नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । कार्बनले टाइटेनियम सिरिजको नयाँ स्मार्टफोन टाइटेनियम एस २०० एचडी (Titanium S200 HD) सार्वजनिक गरेको हो ।
कार्बनको यो स्मार्टफोनमा ५ इन्चको आइपीएस डिस्प्ले राखिएको छ, जसको रिजोल्यूशन ७२०X१२८० रहेकोछ । यो स्मार्टफोनमा १.२ गीजाहर्जको स्प्रेडट्रम एसएसपीसी ७७३१ क्वाड-कोर प्रोसेसर राखिएको छ भने १ जीबीको र्याम रहेको छ । फोनमा ८ जीबीको इन्टरनल मेमोरी राखिएको छ, जसलाई माइक्रोएसडी कार्डको सहयोगमा बढाएर ३२ जीबीसम्म पुर्याउन सकिन्छ ।
दुई सिम सपोर्ट गर्ने यो स्मार्टफोन एन्ड्रोयडको किटक्याट ४.४ भर्सन ओएसमा आधारित रहेको छ ।
कार्बनको टाइटेनियम एस २०० एचडी स्मार्टफोनमा एलईडी फ्ल्याशसहित ८ मेगापिक्सेलको अटोफोकस रियर क्यामरा छ भने सेल्फीका लागि ३.२ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ ।
कनेक्टिभिटीका लागि यो स्मार्टफोनमा थ्रीजी, वाईफाई जीपीआरएस, ब्लूटूथ तथा माइक्रो यूएसबी अप्शन रहेको छ ।
टाइटेनियम एस २०० एचडीमा २,६०० एमएएचको ब्याट्री रहेको छ । कम्पनीका अनुसार थ्रीजी नेटवर्कमा ९ घण्टाको टकटाइम तथा ६५० घण्टाको स्ट्याण्डबाई टाइम दिन्छ ।
यो स्मार्टफोन कालो रंगमा मात्र उपलब्ध हुनेछ भने यसमा २१ भाषाहरु सपोर्ट गर्दछ ।
भारतीय बजारमा यो स्मार्टफोन अनलाइन वेबसाइट स्न्यापडीलमा मात्र खरिद गर्न सकिन्छ भने यो फोन खरिदमा प्रोटेक्टिभ केस निशुल्क पाईनेछ । भारतमा यो फोनको मूल्य ४,९९९ भारु तोकिएको छ ।
प्रकाशित: २० भाद्र २०७२, आईतवार