Technology Khabar २६ पुष २०७२, आईतवार
काठमाडौं ।
काठमाडौं, २६ पुस । कार्बन मोबाइल्सले नयाँ बजेट स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले भारतीय बजारमा सार्वजनिक गरेको के नाईन स्मार्ट (K9 Smart) स्मार्टफोनमा २१ वटा विभिन्न भाषाहरु उपलब्ध रहेका छन् ।
कम्पनीले के नाईन स्मार्टफोनमा २१ वटा भाषा राखेको छ । यो डिभाइसको सिस्टम लेभलमा १२ वटा भाषाहर सपोर्ट गर्दछ भने फोन कन्ट्याक्टमा ११ भारतीय भाषाहरु प्रयोग गर्न सकिने कम्पनीले बताएको छ । भारतीय बजारलाई ध्यानमा राखेर सार्वजनिक भएको यो फोन अंग्रेजी प्रयोग गर्न नसक्ने प्रयोगकर्तालाई ध्यानमा राखेर ल्याएको कम्पनीको भनाई छ ।
कार्बन के नाईन स्मार्टफोनमा ५ इन्चको एफडब्लूभिजीए डिस्प्ले छ, जसको रिजोल्यूशन ४८०X८५४ रहेको छ । त्यसैगरी यसमा १.२ गीगाहर्जको क्वाड कोर प्रोसेसर छ भने ५१२ एमबीको र्याम राखिएको छ । यो फोनमा ८ जीबीको आन्तरिक स्टोरेज छ भने यसलाई माइक्रो एसडी कार्डद्धारा ३२ जीबीसम्म बढाउन सकिन्छ ।
के नाईनमा ३.२ मेगापिक्सेलको रियर क्यामरा तथा १.३ मेगापिक्सेलको फ्रन्ट फेसिंग क्यामरा राखिएको छ भने यसमा २३०० एमएएचको ब्याट्री रहेको छ ।
एन्ड्रोयडको किटक्याट ४.४ भर्सनमा आधारित यो स्मार्टफोनले थ्रीजी सपोर्ट गर्दछ । यसमा कनेक्टिभिटीका लागि जीपीआरएस, एज, जीपीएस, ब्लूटूथ, वाईफाई तथा माइक्रो यूएसबी रहेको छ ।
यो स्मार्टफोनमा क्रिकबज एप पहिले नै इन्टल भएको छ भने यसमा न्यूजहन्ट एप तथा ११ भाषाहरुमा म्यागाजिन उपलब्ध हुनेछ ।
भारतीय बजारमा कम्पनीले के नाईन स्मार्टफोनको मूल्य ३,९९० भारु तोकेको छ भने यो रिटेल स्टोरबाट बिक्री हुनेछ ।
प्रकाशित: २६ पुष २०७२, आईतवार