कार्बनको इन्ट्री लेभलको फोन ए९१ स्ट्रोम, एन्ड्रोयड ललीपप ५.१ भर्सनमा आधारित

Technology Khabar २० असार २०७३, सोमबार

कार्बनको इन्ट्री लेभलको फोन ए९१ स्ट्रोम, एन्ड्रोयड ललीपप ५.१ भर्सनमा आधारित

काठमाडौं ।

काठमाडौं, २० असार । भारतीय स्मार्टफोन निर्माता कम्पनी कार्बनले नयाँ इन्ट्री लेभलको स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले एन्ड्रोयड स्मार्टफोन ए ९१ स्ट्रोम (A91 Strom)भारतीय बजारमा सार्वजनिक गरेको छ ।

कार्बन ए ९१ स्ट्रोममा ४ इन्चको स्क्रीन राखिएको छ, जसको रिजोल्यूशन ४८०x८०० पिक्सेल राखिएको छ । यसमा १.२ गीगाहर्जको क्वाड कोर प्रोसेसर राखिएको छ भने ५१२ एमबी र्याम तथा ४ जीबीको स्टोरेज राखिएको छ, जसलाई बढाएर ३२ जीबीसम्म पुर्याउन सकिन्छ ।

कार्बनको इन्ट्री लेभलको स्मार्टफोनमा २ मेगापिक्सेलको रियर क्यामरा र ०.३ मेगापिक्सेलको फिक्स्ड फोकस फ्रन्ट क्यामरा रहेको छ ।

यसमा कनेक्टिभिटीका लागि थ्रीजी, ब्लूटूथ, वाईफाई, एफएम रेडियो, एज, माइक्रो यूएसबी २.० लगायतका फीचर छन् । कार्बन ए ९१ स्ट्रोम स्मार्टफोनमा २,२०० एमएएचको ब्याट्री रहेको छ । यसको मूल्य भारतीय बजारमा भारु २,८९९ तोकिएको छ ।

नेपालमा यो स्मार्टफोन कहिलेदेखि उपलब्ध हुन्छ कुनै जानकारी छैन् तर बजेट फोन भएको हुँदा छिटै आउने अनुमान गर्न सकिन्छ । नेपालमा एलाईड इन्टरनेशनल ट्रेड लिंक तथा पशुपति ट्रेड लिंकले कार्बन ब्राण्ड आयात तथा बिक्री गर्दै आएका छन् ।

माध्यम

Global Bank
easy care

प्रकाशित: २० असार २०७३, सोमबार

ताजा समाचार