कार्बनका सात नयाँ मोबाइल सेट बजारमा

Technology Khabar २५ माघ २०७१, आईतवार

कार्बनका सात नयाँ मोबाइल सेट बजारमा

काठमाडौं ।

काठमाडौं, २५ माघ । कार्बन मोबाइलको नेपालका लागि आधिकारिक बिक्रेता एलाइड ट्रेड लिंक इन्टरनेसनलले सातवटा नयाँ मोबाइल सेट बजारमा ल्याएको छ ।

कार्बनले पछिल्ला संस्करणको अपरेटिङ सिस्टमलाई अपडेट गरेर यी नयाँ फोन बजारमा ल्याएको हो । सात मोबाइलमध्ये टाइटानियम एस १२ डेलाइट, टाइटानियम एस ५ अल्ट्रा, कार्बन के १०५ एस, इलेगेन्स ३ र १, द लिजेन्ड र के ७२५ छन् । एलाइडले ल्याएको टाइटानियम एस १२ डेलाइट र टाइटानियम एस ५ अल्ट्रा स्मार्ट फोन हुन् भने बाँकी पाँचवटा बारफोन हुन् ।S5 Ultra

टाइटानियम एस १२ डेलाइटको मूल्य आठहजार एक सय ५९ र टाइटानियम एस ५ अल्ट्राको मूल्य १२ हजार सात सय ४९ रुपैयाँ रहेको कम्पनीले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ । यसैगरी बारफोन के १०५को मूल्य १४ सय ७९, इलेगेन्स ३ को मूल्य २१ सय १९, इलेगेन्स १ को मूल्य २३ सय २९, दि लिजेन्डको मूल्य २६ सय नौ र के ७२५ को मूल्य २८ सय १९ रुपैयाँ रहेको छ ।

एस १२-  १.३ गीगाहर्ज क्वाड कोर प्रोसेसर भएको यो स्मार्टफोन एन्ड्रोयड किटक्याट ४.४ मा आधारीत रहेको छ भने यसमा दुई सिम प्रयोग गर्न सकिन्छ । ४.३ इन्चको क्यापासिटिभ टच स्क्रीनभएको यो फोनको ब्याट्री क्षमता १६०० एमएएच रहेको छ । यो स्मार्टफोनमा फ्ल्याशसहितको ५ मेगापिक्सलको रियर क्यामरा तथा फ्रन्टमा डिजिटल क्यामरा राखिएको छ । ५१२ एमबीको र्याम रहेको यो फोनमा ४ जीबीको आन्तरिक स्टोरेज छ भने यसले थ्रीजी सपोर्ट गर्दछ ।

एस ५- अल्ट्रा १.३ गीगाहर्ज क्वाड कोर प्रोसेसर भएको यो स्मार्टफोन एन्ड्रोयड किटक्याट ४.४ मा आधारीत रहेको छ भने यसमा दुई सिम प्रयोग गर्न सकिन्छ । ५ इन्चको क्यूएचडी डिस्प्ले भएको यो फोनको ब्याट्री क्षमता २००० एमएएच रहेको छ । यसमा १ जीबीको र्याम छ भने ४ जीबीको आन्तरिक स्टोरेज क्षमता राखिएको छ । यसमा अटोफोकशसहितको ८ मेगापिक्सलको रियर क्यामरा तथा फ्रन्ट क्यामरा २ मेगापिक्सलको छ ।

easy care

प्रकाशित: २५ माघ २०७१, आईतवार