इलेक्ट्रोलक्स ब्रान्डको नयाँ भ्याकुम क्लिनर बजारमा

Technology Khabar ३ मंसिर २०७१, बुधबार

इलेक्ट्रोलक्स ब्रान्डको नयाँ भ्याकुम क्लिनर बजारमा

काठमाडौं ।

काठमाडौं, ३ मंसिर।नेपालका लागि इलेक्ट्रोलक्स ब्रान्डको घरायसी तथा औद्योगिक उपकरणको आधिकारिक बिक्रेता केएल दुगड ग्रुपको सहायक कम्पनी स्मार्ट एप्लाइसेन्सले नयाँ भ्याकुम क्लिनर बजारमा ल्याएको छ ।

कम्पनीले जेडएससीओ ३२१० र जेड ९३० फ्लेक्सीओ २ मोडल बजारमा ल्याएको हो ।

बजारमा ल्याएका उक्त भ्याकुम क्लिनरमा तान्न सक्ने शक्तिशाली क्षमता र झोलारहित भएको कम्पनीले जानकारी दिएको छ । सानो डिजाइनमा निर्माण गरिएको यी उपकरण ४ दशमलब ३ किलोग्राम तौलका छन् । कम्पनीका अनुसार यसमा भएको हेपा फिल्टरका कारणले गर्दा धुलोका कणहरुलाई सजिलै भित्र राख्ने भएकाले हावालाई समेत स्वच्छ राख्न मद्दत गर्नेछ ।

easy care

प्रकाशित: ३ मंसिर २०७१, बुधबार

ताजा समाचार