सामसुंगको ‘ग्यालेक्सी नोट ५’ मा फोर के प्रविधि !

Technology Khabar २४ कार्तिक २०७१, सोमबार

सामसुंगको ‘ग्यालेक्सी नोट ५’ मा फोर के प्रविधि !

काठमाडौं ।

काठमाडौं, २४ कात्तिक । ग्यालेक्सी नोट ४ सार्वजनिक गरेपछि सामसुंगले छिटै नै आफ्नो नयाँ स्मार्टफोन सामसुंग ग्यालेक्सी नोट ५ सार्वजनिक गर्ने चर्चा शुरु भएको छ । टेक्नोलोजीसम्बन्धि साइट www.gsmarena.com का अनुसार सामसुंगको यो स्मार्टफोन डिस्प्लेको आधारमा अहिलेसम्म आएका सबै स्मार्टफोन भन्दा उत्कृष्ट हुनेछ ।

सामसुंगले ग्यालेक्सी नोट ४ सार्वजनिक गरेको करिब एक महिना पनि बित्न नपाउँदै सामसुंगले नयाँ स्मार्टफोन ग्यालेक्सी नोट ५ सार्वजनिक गर्ने चर्चा शुरु भएको हो ।

सामसुंगले ल्याउन लागेको स्मार्टफोन ग्यालेक्सी नोट ५ को डिस्प्लेमा सामसुंगले फोर के अमोलेड (4K AMOLED) प्रविधिको प्रयोग गर्ने भएको छ साथै यसको पिक्चर डेन्सिटी ७४३ पीपीआइ (743ppi) हुनेछ । महत्वपूर्ण यो हो की फोर के डिस्प्लेमा ३८४०X२१६० को हाइ पिक्चर रिजोल्यूशन हुन्छ ।

यो डिस्प्लेलाई अल्ट्रा हाई डेफिनिशनको नामबाट पनि चिनिन्छ । यो स्मार्टफोनले फोन प्रयोगकर्तालाई स्क्रीनको अनुभवलाई नयाँ उचाई दिने बताईएको छ । यो फोनको स्क्रीन साइज ६ इन्चको हुने अनुमान पनि गरिएको छ ।

कम्पनीले नोट ५ मा पनि ग्यालेक्सी एस ६ को जस्तै Exynos 7420 चीपसेट राख्ने अनुमान छ, जसमा चारवटा कोर्टेक्स ए५७ कोर (Cortex-A57) र चारवटा कोर्टेक्स ए५३ (Cortex-A53) रहनेछन् ।

सामसुंगले आफ्ना सबै ग्यालेक्सी स्मार्टफोनहरुलाई बर्लिनमा हरेक वर्ष सेप्टेम्बरमा आयोजना हुने आईएफए कन्ज्यूमर शोमा लन्च गर्ने गर्दछ । सन २०१५ मा आयोजना हुने आईएफए कन्ज्यूमर शोमा ग्यालेक्सी एस ६ लाई सामसुंगले लन्च गर्ने आशा गरीएको छ भने त्यो भन्दा अगाडि नै कम्पनीले सामसुंग नोट ५ सार्वजनिक गर्नसक्ने अनुमान छ ।

easy care

प्रकाशित: २४ कार्तिक २०७१, सोमबार

ताजा समाचार