सामसङ मोबाइलको ‘सोलिड क्यास ब्याक’ उपहार योजना

Technology Khabar २५ भाद्र २०७१, बुधबार

सामसङ मोबाइलको ‘सोलिड क्यास ब्याक’ उपहार योजना

काठमाडौं ।

काठमाडौँ, २५ भदौ । सामसङ मोबाइलको आधिकारिक वितरक इन्टरनेशनल मार्केटिङ सर्भिसेज (आइएमएस) ले ग्राहकहरुका लागि दसैं, तिहार र छठसम्मका लागि विशेष उपहार योजना लागु गरेकोछ। कम्पनीले सोलिड क्यास ब्याकको नामबाट उपहार योजना लागु गरेको हो।

ग्राहकले विना झण्झट नगद फिर्ता पाउने गरी यो योजना लागु गरिएको कम्पनीले जनाएको छ। क्यास ब्याक योजना अन्तर्गत ग्राहकले सामसङको कुनैपनि मोबाइल वा ट्याबलेटको खरिदमा अधिकतम १६ हजार रुपैयाँसम्म तुरुन्तै फिर्ता पाउनेछन्।

कम्पनि अनुसार, ग्राहकलाई चाडपर्वको बेला स्क्रयाच कुपन, लक्कि ड्र लगायत अन्य भञ्झटहरु नदिइ खरिदसँगै तुरुन्तै खुसीको उपहार दिन यस्तो योजना ल्याइएको हो। यो योजना भदौ २३ देखि कात्तिक १४ गतेसम्म चल्ने कम्पनीले जानकारी दिएको छ।

easy care

प्रकाशित: २५ भाद्र २०७१, बुधबार