१७ अर्ब ३६ करोडको टेलिकम्युनिकेसन उपकरण तथा पार्ट्सको आयात

Technology Khabar २७ पुष २०८०, शुक्रबार

१७ अर्ब ३६ करोडको टेलिकम्युनिकेसन उपकरण तथा पार्ट्सको आयात

काठमाडौं ।

नेपालमा टेलिकम्युनिकेसन उपकरण तथा पार्ट्सको आयात बढ्दो क्रममा देखिएको छ। चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो पाँच महिनामा १७ अर्ब ३६ करोड ५५ लाख रुपैयाँ बराबरको टेलिकम्युनिकेसन उपकरण तथा पार्ट्स आयात भएको नेपाल राष्ट्र बैंकको तथ्यांकमा देखिन्छ।

गत आर्थिक वर्ष २०७९/८० को सोही अवधिमा १६ अर्ब ५६ करोड ८५ लाख रुपैयाँ बराबरको टेलिकम्युनिकेसन उपकरण तथा पार्ट्स आयात भएको थियो। गत आवको तुलनामा चालु आवको सोही अवधिमा टेलिकम्युनिकेसन उपकरण तथा पार्ट्सको आयात ७९ करोड ७० लाख रुपैयाँ आर्थत ४.८ प्रतिशतले बढेको छ।

नेपालमा सबैभन्दा बढी टेलिकम्युनिकेसन उपकरण तथा पार्ट्स चीनबाट आउने राष्ट्र बैंकको तथ्यांकमा देखिन्छ। मंसिरसम्म चीनबाट १२ अर्ब ६७ करोड ४५ लाख रुपैयाँ टेलिकम्युनिकेसन उपकरण तथा पार्ट्स आयात भएको छ। गत आवको सोही अवधिमा चीनबाट १२ अर्ब ८ करोड ११ लाख रुपैयाँको टेलिकम्युनिकेसन उपकरण तथा पार्ट्स आयात भएको थियो।

चीनबाट भित्रिने टेलिकम्युनिकेसन उपकरण तथा पार्ट्स गत आवको तुलनामा चालु आवमा ४.९ प्रतिशतले बढेको छ।

easy care

प्रकाशित: २७ पुष २०८०, शुक्रबार