सम्पूर्ण आईफोन १६ सिरिजको डिस्प्ले साइजको जानकारी लीक

Technology Khabar २३ बैशाख २०८१, आईतवार

सम्पूर्ण आईफोन १६ सिरिजको डिस्प्ले साइजको जानकारी लीक

काठमाडौं ।

एप्पलले यसैवर्ष आईफोन १६ सिरिज ल्याउने तयारी गरेको छ। यसबीच, सम्पूर्ण आईफोन १६ सिरिजको नयाँ ईमेज एक्समा देखा परेको छ। सोनी डिक्सन मार्फत आएको उक्त नयाँ ईमेजले प्रो र नन्–प्रो मोडलहरू बीचको साइज डिफ्रेन्सेस (आकार भिन्नताहरू) प्रदर्शन गरेको छ।

साथै ईमेजलेले डिभाइसहरूको पछाडिको भाग देखाएको छ, जसमा आईफोन १६ प्रो म्याक्सको प्यानल ६.९ इन्चको रहेको र आईफोन १६ प्रो ले ६.३ इन्चको डिस्प्ले प्रदान गर्ने अपेक्षा गरिएको छ।

त्यसैगरी आईफोन १६ प्लसले आफ्नो पूर्ववर्ती जस्तै ६.७ इन्चको स्क्रिन साइज प्रदान गर्ने जनाइएको छ। यस सिरिजको सबैभन्दा सानो फोन बेसलाइन आईफोन १६ हुने र यसमा ६.१ इन्चको स्क्रिन समावेश गरिने उल्लेख छ। साथै दुबै नन–प्रो आईफोन १६ मोडलहरूले भर्टिकल (ठाडो) स्ट्याक्ड क्यामरा डिजाइन समावेश गर्नेछन् र जसले स्पेसियल भिडियो रेकर्डिङको लागि अनुमति दिने चर्चा रहेको छ।

यसबाहेक प्रोहरुले १२० हर्ज प्रोमोशन रिफ्रेस रेट कायम राख्दै भेनिला र प्लसमा ६० हर्ज प्यानलहरूका साथ आईफोन १६ सिरिजका सबै चार फोनहरूले स्लिमर (पातलो) डिस्प्ले बेजेल्सहरू प्रदान गर्ने अपेक्षा गरिएको छ।

त्यसका साथै १५ प्रो मोडेलहरूमा डेब्यू गरेको एक्सन बटन अब आईफोन १६ र १६ प्लसमा पनि समावेश गरिने अपेक्षा गरिएको छ। यसबाहेक एप्पलले सम्पूर्ण १६ सिरिजमा नयाँ क्याप्चर बटन पनि ल्याउन सक्ने सम्भावना रहेको छ। क्यापिसिटिभ सर्फेस भएको यो नयाँ क्याप्चर बटन एक मेकानिकल बटन हुनेछ र यसले क्यामरामा पाइने सफ्ट शटर बटनहरूको नक्कल गर्ने जीएसएमएरिनाले उल्लेख गरेको छ।

त्यसैगरी आईफोन १६ सिरिजको ब्याट्री क्षमताहरूको बारेमा पनि भर्खरै लीक भएको उल्लेख गरिएको छ। जसअनुसार ब्याट्री क्षमताहरूको सन्दर्भमा सबै मोडलहरूका लागि थोरै लाभहरू देखाइएको भएतापनि १६ प्लसले भने ९ प्रतिशत कम ब्याट्री क्षमता प्राप्त गर्नेछ।

easy care

प्रकाशित: २३ बैशाख २०८१, आईतवार