टिकटकले ६० मिनेट भिडियो अपलोडहरूको परीक्षण गर्दै

Technology Khabar ५ जेष्ठ २०८१, शनिबार

टिकटकले ६० मिनेट भिडियो अपलोडहरूको परीक्षण गर्दै

काठमाडौं ।

टिकटकले हाल ६० मिनेट भिडियो अपलोडहरूको परीक्षण गरिरहेको छ। साथै यस परीक्षणले यूट्यूब जस्तै बन्ने कम्पनीको चाहना प्रतिको गहिरो खोजलाई संकेत गर्दछ।

यो फिचर चयन बजारहरूका प्रयोगकर्ताहरूको सीमित समूहका लागि उपलब्ध गराइएको कम्पनीलाई उदृत गर्दै टेकक्रन्चले रिपोर्ट गरेको छ।

यद्यपि यस फिचरलाई अझ व्यापक रूपमा उपलब्ध गराउनको लागि हाल कुनै तत्काल कुनै योजनाहरू नभएको जनाइएको छ। लङ्गर–फर्म कन्टेन्ट (लामो–सामग्री) को साथ, टिकटकले सामान्य तवरमा शीर्षमा रहेका आफ्नो दर्शकहरूको साथै स्क्रोलमार्फत सर्ट–फर्म भिडियोहरू खोजिरहेका केही यूट्यूब दर्शकहरूलाई पनि आकर्षित गर्न सक्ने अनुमान छ।

यसअघि, टिकटकमा १५ मिनेट अपलोड सीमा भएको र यो विगत केही वर्षहरूमा लगातार बढेको छ। टिकटकले कुकिङ्ग (खाना पकाउने) डेमोहरू, ब्यूटि (सौन्दर्य) ट्यूटोरियलहरू, एजुकेश्नल लेसन प्लान (शैक्षिक पाठ योजनाहरू), कमिक (हास्य) स्केचहरूका साथै थप अन्य कुराहरूका लागि धेरै समय चाहने सिर्जनाकर्ताहरूको राय सुनेको बताएको छ।

बढाइएको समय सीमाको उद्देश्य भनेको सिर्जनाकर्ताहरूलाई नयाँ वा विस्तारित प्रकारका सामग्रीहरू प्रयोग गर्ने अवसर दिनु भएको, जुन अन्यथा सम्भव हुँदैन – वा यदि तपाईंलाई मल्टिपल (बहु) भिडियोहरूमा जान आवश्यक पर्यो भने हेर्न गाह्रो हुने कम्पनीले उल्लेख गरेको छ।

त्यसैगरी यसले टिभी कार्यक्रमहरूको पूर्ण एपिसोडहरू प्लेटफर्ममा पोस्ट गर्नको लागि ढोका पनि खोलिदिएको छ। गत वर्ष ‘पिकक’ले कार्यक्रमको पहिलो एपिसोड टिकटकमा उपलब्ध गरेको थियो भने त्यसलाई पाँच भागमा विभाजन गरिएको थियो।

यसबाहेक, टिकटकले आफ्नो यूट्यूब–ईफिकेशन पूरा गर्न भिडियो–स्क्रबिङ थम्बनेलहरूको साथमा होरिजन्टल फुल स्क्रिन मोडको पनि परीक्षण गरिरहेको जीएसएमएरिनाले उल्लेख गरेको छ।

easy care

प्रकाशित: ५ जेष्ठ २०८१, शनिबार