एप्पलले आईप्याडओएसमा ईयूका लागि तेस्रो–पक्ष एप स्टोरहरू खोल्न सहमत

Technology Khabar २३ बैशाख २०८१, आईतवार

एप्पलले आईप्याडओएसमा ईयूका लागि तेस्रो–पक्ष एप स्टोरहरू खोल्न सहमत

काठमाडौं ।

युरोपेली आयोगले डिजिटल मार्केट्स एक्ट (डीएमए) अन्तर्गत आईप्याडओएसलाई गेटकीपरको रूपमा तोकेको छ। साथै एप्पलले निर्णयका विरुद्ध नलड्ने र तेस्रो–पक्ष एप स्टोरहरूमा अपरेटिङ सिस्टम खोल्ने योजना बनाएको बताईएको छ।

यद्यपि क्युपर्टिनोले यस बारेमा कुनै पनि निश्चित मितिको घोषणा नगरेको उल्लेख गरिएको छ। हाल कम्पनीसँग ६ महिनाको अवधि रहेको र यो अक्टोबर २८ मा समाप्त हुने जनाइएको छ।

एप्पलले युरोपेली संघको २७ ओटा सबै सदस्य राष्ट्रहरूमा तेस्रो–पक्ष एप स्टोरहरूका लागि आईओएस खुल्ला गरेको छ। साथै, कम्पनीले आयोगको निर्णय विरुद्ध नलड्ने र आईओएसका लागि आईप्याड ओएसमा गरिएका परिवर्तनहरू स्थानान्तरण गर्नुपर्ने थप उल्लेख गरिएको छ।

यस तेस्रो–पक्ष एप समर्थन र कोर टेक्नोलोजी शुल्कमा क्युपर्टिनोले एक वर्षमा एप पहिलो पटक कति पटक इन्स्टल (स्थापना) भयो भन्ने कुरा थपेको जनाइएको छ। यदि कुनै प्रयोगकर्ताले एकै वर्षभित्र आफ्नो आईफोन र आईप्याडमा एउटै एप इन्स्टल गरेमा यसलाई सिंगल इन्स्टल मानिने एप्पलले बताएको गिज्मोचाइनाले उल्लेख गरेको छ।

easy care

प्रकाशित: २३ बैशाख २०८१, आईतवार