सोनी एक्सपेरिया १ भी आगामी मे ११ मा आउने

Technology Khabar १६ बैशाख २०८०, शनिबार

सोनी एक्सपेरिया १ भी आगामी मे ११ मा आउने

काठमाडौं ।

सोनीले आगामी मे ११ मा आफ्नो अर्को एक्सपेरिया स्मार्टफोन घोषणा गर्ने तयारी गरिरहेको छ। कम्पनीले मे महिनाको दोस्रो बिहीबार जापानको स्थानिय समय अनुसार दिउँसो १ बजे (४एएम यूटीसी) सुरु हुने कार्यक्रमको लागि एउटा टिजर भिडियो पोस्ट गरेको छ।

साथै सोनीको युट्युब च्यानलले लन्च कार्यक्रमको लागि लाइभस्ट्रिम होस्ट गर्ने र यस कार्यक्रमको लागि पहिले नै आफ्नो स्थान आरक्षित गर्न सकिने जीएसएमएरिनामा उल्लेख गरिएको छ।

लामो समय प्रतीक्षमा रहेको एक्सपेरिया १ भी अब आउने आशा गरिएको गत महिनाहरूमा र उक्त नयाँ फोनको बारेमा दुर्लभ संख्यामा लीकहरु उपलब्ध भएका थिए। साथै एक्सपेरिया १ लाइनअपमा अघिल्लो मोडेलहरूसँग मिल्दोजुल्दो एक परिचित डिजाइनको आशा गर्न सकिने बताइएको छ।

यस नयाँ फोनलाई क्वालकम स्न्यापड्रागन ८ जेन २ चिपसेट समावेश गरी लन्च गरिने अनुमान छ। साथै सोनी एक्सपेरिया १ भी उक्त एसओसी लाई बोस्ट गर्ने सबैभन्दा पातलो फोन हुन सक्ने सम्भावना रहेको छ। सोनी एक्सपेरिया १ भीमा १२ एमपी मुख्य, १२ एमपी पेरिस्कोप र ४८ एमपी अल्ट्रावाइड सेन्सरहरूको साथ ट्रिपल क्यामरा सेटअप रहने अपेक्षा गरिएको छ।

easy care

प्रकाशित: १६ बैशाख २०८०, शनिबार