वानप्लस र ओप्पोले युरोपेली बजार छोड्ने

Technology Khabar १४ चैत्र २०७९, मंगलवार

वानप्लस र ओप्पोले युरोपेली बजार छोड्ने

काठमाडौं ।

नोकियासँगको पेटेन्ट विवादका कारण ओप्पो र वनप्लसले युरोपेली बजारमा संघर्ष गरिरहेको छ। यसले उनीहरूलाई जर्मनीमा आफ्ना उत्पादनहरूको विज्ञापन गर्नबाट रोकेको उल्लेख गरिएको छ। साथै कम्पनीहरूले युरोपमा स्मार्टफोनको बजार घट्दै गएको समस्याको सामना पनि गरिरहेका र यसले उनीहरूको सम्भावनाको लागि राम्रो संकेत नगरेको बताइएको छ।

त्यसैले बीबीके इलेक्ट्रोनिक्स–स्वामित्वमा रहेका उक्त दुई संस्थाहरू अब बेलायत लगायत धेरैजसो युरोपेली बजारहरूबतट बाहिरिने तयारीमा रहेको गीगचाइनाले रिपोर्ट गरेको छ।

युरोपेली बजारबाट बाहिरिँदै ओप्पो र वानप्लस 

व्यवसायीक पाइदा नभएपछि चिनियाँ मोबाइल उत्पादक कम्पनी ओप्पो र वनप्लसले युरोपेली बजारबाट बाहिरिने निर्णय गरेका छन्। चिनियाँ प्रकाशन ३६ क्रिप्टनका अनुसार यी कम्पनी जर्मनी र युकेबाट बाहिरिन लागेका हुन्।

युरोपेली मुलुकमा कम्पनीले उत्पादन गर्दै आएको उपकरणमा रुचि भएपनि लगानी अनुसारको पर्याप्त प्रतिफल नभएको कम्पनीले जनाएको छ। कम्पनीले मुद्रास्फ्रिती, रसिया-युक्रेन बिचको युद्ध लगायतलाई कारण देखाउँदै स्मार्टफोनको बजार नै खुम्चिनुका साथै ब्राण्ड अवधारणामै परिवर्तन आएको जनाएको छ।

लीकर म्याक्स जाम्बोरका अनुसार वनप्लसले युरोपेली बजार छोड्ने भएको छ। यी दुवै कम्पनीले जर्मनी, युके, फ्रान्स र नेदरल्याण्डबाट बाहिरिएपनि स्पेन, स्विटजरल्याण्ड, इटली लगायत केहि मुलुकमा भने व्यवसाय यथावत् राख्ने जनाएका छन्।

तर यो योजनामा दिगोरुपमा परिवर्तन आउने कम्पनीको दाबी छ।
कम्पनीको यो निर्णय प्रतिस्पर्धाका लागि नकारात्मक ठहरिएपनि प्रयोकर्ताका लागि कमै विकल्प हुने जनाइएको छ।

यस अघि यी कम्पनी र जर्मनी स्थित नोकिया बिच पेटेन्ट विवादमा हार व्यहोरिसकेको छ। यस लगत्तै यी कम्पनीलाई आफ्नो व्यवसायिक प्रचार प्रसारमा रोक लगाइएको थियो।

ओप्पोको ब्राण्डको आफ्नो युरोपियन मुख्यालय भने जर्मनीमा रहेको छ।

easy care

प्रकाशित: १४ चैत्र २०७९, मंगलवार