ओप्पो के ११ स्मार्टफोन आउँदै, १०० वाट फास्ट चार्जिङको ३० मिनेटमा फुल चार्ज हुने

Technology Khabar १४ असार २०८०, बिहीबार

ओप्पो के ११ स्मार्टफोन आउँदै, १०० वाट फास्ट चार्जिङको ३० मिनेटमा फुल चार्ज हुने

काठमाडौं ।

ओप्पोको नयाँ स्मार्टफोन ओप्पो के ११ लन्च हुने भएको छ। यसमा १०० वाट फास्ट चार्जिङको साथ ओप्पो के ११ तीस  मिनेटमा फुल चार्ज हुने बताइएको छ।

पहिले नै टीनामा सूचीबद्ध भइसकेको डीभाइस ओप्पो के ११ एक्स र के १० एक्स, ६७ वाट रेटहरूमा प्रभावशाली वृद्धिका साथ ३ सी मा प्रमाणित गरिएको पनि उल्लेख छ।

ट्रिपल–अङ्कको दर अहिलेसम्म फाइन्ड एक्स ६ प्रो फ्ल्यागशिप, प्रिमियम जोडी रेनो १० प्रो र रेनो १० प्रो प्लस गरी मात्र तीनओटा ओप्पो फोनहरूमा अवस्थित रहेको छ। जसमध्ये कुनै पनि चीन बाहिर उपलब्ध भएको छैन्।

सुपर भी ओओसी मानकले भीसीबीएएचबीसीएच एडप्टरको साथ ११ भि/ ९.१ ए आउटपुट प्रदान गर्ने ओप्पो के ११ खुद्रा बक्समा आउन सक्ने उल्लेख छ।

यद्दपी, ओप्पो के शृङ्खला विशेषगरी चीनमा मात्रै उपलब्ध हुने भएकाले अन्तर्राष्ट्रिय प्रयोगकर्ताहरूले ५,००० एमएएच ब्याट्रीको ३० मिनेटमा ० देखि १०० प्रतिसतसम्म चार्ज हुने डीभाइस प्राप्त गर्ने सम्भावना नरहेको पनि बताइएको छ।

त्यस्तै, ६.७ इन्चको ओएलइडी स्न्यापड्रयागन ७८२ जी र ५० एमपी मेन क्यामरा पनि चिन बाहीर  उपलब्ध हुने छैन। यद्दपी, ओप्पोले फोनलाई विश्वव्यापी बजारमा अर्को नाममा पुनः लन्च गर्न सक्ने पनि बताइएको छ।

easy care

प्रकाशित: १४ असार २०८०, बिहीबार