ओप्पो प्याड २ र एन्को फ्री३ टीडब्लूएसको घोषणा गरियो

Technology Khabar ८ चैत्र २०७९, बुधबार

ओप्पो प्याड २ र एन्को फ्री३ टीडब्लूएसको घोषणा गरियो

काठमाडौं ।

नयाँ फाइन्ड एक्स६ र फाइन्ड एक्स६ प्रो फ्ल्यागशिप स्मार्टफोनहरूका साथै ओप्पोले आफ्नो तेस्रो एन्ड्रोइड ट्याब्लेट ओप्पो प्याड २ को घोषणा गरेको छ। उक्त नयाँ ट्याब्लेट ओपोप्याड २ गत वर्षको ओपो प्याडको सिक्वेल रहेको बताइएको छ। त्यसैगरी ओप्पोले आफ्नो एन्को सिरिज अन्तर्गको पछिल्लो टीडब्लूएस “एन्को फ्री३” पनि प्रस्तुत गरेको छ।

ओप्पो प्याड २
हालै मात्र लन्च गरिएको वानप्लस प्याड ट्याब्लेट र ओप्पो प्याड २ को डिजाइन र स्पेक सिट लगभग समान रहेको बताइएको छ। ओपो प्याड २मा २००० x २८००पीएक्स रिजोल्युसन र १४४ हर्ज रिफ्रेस रेट सहितको ११.६ इन्चको एलटीपीएस एलसीडी समावेश गरिएको छ। साथै ओप्पो प्याड २ को अर्को चाखलाग्दो पक्ष भनेको यसको ७ः५ एस्पेक्ट रेसियो रहेको बताइएको छ। यसले गर्दा भर्टिकल कन्टेन्टका लागि थप ठाउँ हुनुका साथै मल्टिटास्किङको लागि पनि उपयोगी हुने उल्लेख गरिएको छ।

ओप्पो प्याड २ मा मिडियाटेक को डाइमेन्सीटि ९००० एसओसी (चिपसेट) का साथै ८/१२जीबी एलपीडीडीआर५ र्यामा र ५१२जीबी यूएफएस ३.१ स्टोरेज समावेश गरिएको छ। यद्यपी यस ट्याब्लेटको स्टोरेज भने माइक्रोएसडी कार्डमार्फत विस्तार गर्न नमिल्ने बताइएको छ। त्यसैगरी यस ट्याब्लेटको पछाडि १३ मेगापिक्सेलको मुख्य क्यामरा र अगाडिको भागमा भने ८ मेगापिक्सेलको शूटर समावेश गरिएको बताइएको छ।

ओप्पो प्याड २मा कलरओएस सफ्टवेयर समावेश गरिएको बताइएको छ। साथै नयाँ ट्याब्लेटले ओपो पेन्सिल २ लाई पनि समर्थन गर्ने उल्लेख गरिएको छ। उक्त ओप्पो पेन्सिल २ छुट्टै बिक्री गरिनुका साथै यसले २एमएस लेटेन्सी र ४०९६ स्तरको दबाब प्रदान गर्ने दाबी गरेको बताइएको छ। साथै यस आपो प्याड २मा ६७ वाटको छिटो चार्ज हुने ९,५१०एमएएच ब्याट्री समावेश गरिएको छ।

ओप्पो प्याड २ नेबुला ग्रे र फेदर गोल्ड गरी दुईओटा रङ्गहरुमा उपलब्ध हुने बताइएको छ। यस ट्याब्लेटको ८/२५६ जीबी मोडलको मूल्य २,९९९ युवान (४३६ डलर) रहेको छ भने १२/२५६जीबी मोडेललाई ३,३९९ युआन (४९५ डलर) पर्ने बताइएको छ। त्यसैगरी ट्याब्लेटको शीर्ष–स्तरीय १२/५१२जीबी संस्करणको मूल्य ३,९९९ युआन (५८२ डलर) पर्ने बताइएको छ। चीनमा मार्च २४ देसि यस ट्याब्लेटको खुल्ला बिक्री शुरु गरिने बताइएको छ।

ओप्पो एन्को फ्री३
ब्लुटुथ ५.३ कनेक्टिभिटी फिचर गरिएको ओपो एन्को फ्री३ इयरबड एलडीएसी कोडेकमा हाई–रेस अडियो स्ट्रिमिङको साथ आउने बताइएको छ। साथै इयरफोनले थप इमर्सिभ लिस्नीङ्ग एक्सपिरियन्सको लागि एक्टिभ नोइज क्यान्सिलेसन (एएनसी) का साथै स्थानिय अडियो प्रदान गर्ने उल्लेख गरिएको छ।

बाँसको फाइबर सामग्रीले डायाफ्रम ड्राइभर्स निमार्ण गरिएको हुनाले परम्परागत ड्राइभरहरू भन्दा ६० प्रतिशत हल्का भएको र यसले सुधारिएको इन्टरनल डम्पिङ र भाईब्रेसन अब्र्जस्न पनि प्रदान गर्ने उल्लेख गरिएको छ। ब्याट्री लाइफ चार्जिङ केसको साथ ३० घण्टा सम्म रेटेड् गरिएको छ भने बडस्हरू आईपी५५ डस्ट र स्प्ल्याशप्रूफ पनि रहेको उल्लेख गरिएको छ।

ओप्पो एन्को फ्री३ हरियो र सेतो रङ्गहरूमा उपलब्ध भएको बताइएको छ। यसको मूल्य ४९९ युवान (७३ डलर) रहेको र अप्रिल ३ देखि खुला बिक्री शुरु हने उल्लेख गरिएको छ।

easy care

प्रकाशित: ८ चैत्र २०७९, बुधबार

ताजा समाचार