वानप्लस एस २ टिकाउ ब्याट्री र पावरफुल चिपको साथ आउने

Technology Khabar २१ माघ २०७९, शनिबार

वानप्लस एस २ टिकाउ ब्याट्री र पावरफुल चिपको साथ आउने

काठमाडौं ।

वानप्लसको एस २ लाई वानप्लस ११ आरको चिनियाँ डोपेलग्याङ्गरको (डपलगेन्जरको) रुपमा अर्को हप्ता चीनमा लन्च गरिने भएको छ।

स्न्यापड्रागन ८ जेन १ चिपसेट समावेश हुने उक्त आगामी फोनको बारेमा कम्पनीले थप विवरणहरु सार्वजनिक गरेको छ।

वानप्लसले एस २ मा क्वालकम एसओसीबाट केहि कार्यहरु अफलोडिङ गरी ओप्पो सुपर भीओओसी एस पावर म्यानेजमेन्ट चिपका साथै इम्प्रुभ्ड ईमेज रेण्डरिङ र रिफ्रेश रेटको निम्ति कस्टम डिस्प्ले चिप समावेश गरेको बताइएको छ।

साथै एस २ मा १०० वाट फास्ट चार्जिङ सहितको ५,००० एमएएच ब्याट्री समावेश गरिएको उल्लेख गरिएको छ। वानप्लसले उक्त नयाँ फोनलाई लङ्गर ब्याट्री लाईफ, ईम्प्रेसिभ ग्राफिक्स र स्न्यापड्रागनको प्रिमियम पर्फमेन्सको साथ “थ्री-चिप पावरहाउस”को रुपमा विज्ञापन गरिरहेको उल्लेख गरिएको छ।

साथै प्रयोगकर्ताहरुले ब्याट्री चार्जिङमा राम्रो नियन्त्रण प्राप्त गर्ने बताइएको छ। वानप्लसले उक्त ब्याट्री १,६०० फुल चार्ज र डिस्चार्ज सम्म टिक्ने र ब्याट्रीको कम्तिमा ८० प्रतिशत क्षमता कायम रहने भनी बताएको छ। त्यसैगरी उक्त ब्याट्री चार वर्षको प्रयोगको लागि पर्याप्त हुने कम्पनीले दाबी गरेको बताइएको छ।

easy care

प्रकाशित: २१ माघ २०७९, शनिबार