माग पूरा नभएको भन्दै दूरसञ्चार प्राधिकरणका कर्मचारी आन्दोलनमा

Technology Khabar ९ श्रावण २०७९, सोमबार

माग पूरा नभएको भन्दै दूरसञ्चार प्राधिकरणका कर्मचारी आन्दोलनमा

काठमाडौं ।

आफ्नो माग पूरा नभएको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणका कर्मचारी आज सोमबारदेखि आन्दोलनमा उत्रिएका छन्।

नेपाल दूरसञ्चार प्राधिकरण स्वतन्त्र कर्मचारी युनियनले सोमबारदेखि आन्दोलनमा उत्रिनु अघि प्राधिकरण अध्यक्ष पुरुषोत्तम खनालाई चेतावनीसहितको पत्र बुझाएपनि सतर्क नरहेकाले विरोधस्वरुप धर्नामा गएको युनियन अध्यक्ष विजयकुमार राय यादवले टेक्नोलोजिखबरलाई जानकारी दिए।

उनले भने,“यसअघि पनि आन्दोलनमा उत्रिएका थियौं, माग पूरा हुने आश्वासन पाएर शान्त रहदा लामो समयपछि पुन विरोध स्वरुप आन्दोलन गर्न थालेका हौं।”

अध्यक्ष यादवले आज सोमबार प्राधिकरण अध्यक्षको कार्यकक्ष बाहिर धर्ना दिइरहेको साथै कर्मचारी एंव युनियन सदस्यहरु डिजिटल हस्ताक्षर टोकन संकलन गरी व्यवस्थापन समक्ष बुझाइनेछ।

यही साउन १३ गते शुक्रबारसम्म माग पूरा नभए अझै कडा आन्दोलनका कार्यक्रम घोषणा गर्ने र आन्दोलनको अवधिभर युनियनका कुनै पनि सदस्यहरु काममा नजाने उल्लेख गरे।

आन्दोलनमा रहेका कर्मचारीको विभिन्न ४ बुँदे माग रहेका छन्। जसअन्तर्गत श्रम नियमावली, २०७५ को नियम ४४ (ख) बमोजिम कर्मचारीहरुलाई पर्याप्त शुद्ध हावा, प्रकाश एंव उपयुक्त तापक्रमको प्रबन्धसहितको कार्यक्षको व्यवस्था हुनुपर्ने, युनियनको तर्फबाट गत २ पुसमा बुझाएका मागहरु पूरा हुनुपर्ने, कर्मचारीहरूलाई प्रदान गरिँदै आएको ऋण सापटी सुविधालाई बिमासँग तत्काल आवद्ध गरिनुपर्ने र आधारभूत मापदण्ड समेत पूरा नभएको स्थान-कार्यालयमा प्राधिकरणलाई (प्राधिकरणलाई कमलादीबाट राष्ट्रिय नाचघरमा) स्थानान्तरण गर्ने निर्णय गर्ने पदाधिकारी-समिति उपर कारबाही हुनुपर्ने छ।

 

easy care

प्रकाशित: ९ श्रावण २०७९, सोमबार