भारतमा सरकारी टेलिकम कम्पनी एमटीएनएलले ग्राहक आकर्षित गर्दै

Technology Khabar ९ श्रावण २०७९, सोमबार

भारतमा सरकारी टेलिकम कम्पनी एमटीएनएलले ग्राहक आकर्षित गर्दै

काठमाडौं ।

भारतको सरकारी टेलिकमले ठूलो सस्तो योजना बजारमा ल्याएको छ। निजी टेलिकम कम्पनीहरूले ग्राहकलाई आकर्षित गर्न दिनहुँ आकर्षित योजनाहरू ल्याउने गरेका छन्। तर भारतीय सरकारी कम्पनीहरुले  भने सेवा बिस्तार गर्न नसकेको आरोप लाग्ने गरेको छ।

पछिल्लो समय भारतको जियो एयरटेल र भीआईले दिनहुँ ग्राहकहरूलाई आकर्षित गर्न धेरै योजनाहरू प्रस्ताव गरिहेका बेला भारतको सरकारी टेलिकमले समेत ठूलो सस्तो योजना बजारमा ल्याएको छ।

४९ भारतीय रुपैयाँमा १८० दिन अर्थात ६ महिनाका लागि ६० लोकल र २० वटा एसटीडी कलका लागि सरकारी कम्पनी महानगर टेलिफोन निगम लिमिटेड (एमटिएनएल)ले सस्तो योजना बजारमा ल्याएको जागरणले जनाएको छ।

सरकारी दूरसञ्चार कम्पनीहरूले सस्तो रिचार्ज योजनाहरू प्रस्ताव गरेपनि निजी दूरसञ्चार कम्पनीहरूको प्रतिस्पर्धामा आउन नसकेको आरोप लागेका बेला ५० रुपैयाँभन्दा कमको सस्तो योजना बजारमा ल्याएर भारतीय सरकारी टेलिकम कम्पनी चर्चित बनेको छ।

आफ्नो दोस्रो वा तेस्रो नम्बर चलाउन मात्रै रिचार्ज गर्ने ग्राहकलाई ध्यानमा राखी सरकारी कम्पनीले सबै टेलिकममा फोन गर्न मिल्ने गरी सस्तो योजना बनाएको समाचारमा उल्लेख छ।

easy care

प्रकाशित: ९ श्रावण २०७९, सोमबार