चितवनमा अटोमोवाइल व्यवसायीहरुको बृहत भेला सम्पन्न

Technology Khabar १० पुष २०७९, आईतवार

चितवनमा अटोमोवाइल व्यवसायीहरुको बृहत भेला सम्पन्न
Global IME Bank

काठमाडौं ।

नाडाका अध्यक्ष ध्रुव थापाको अध्यक्षतामा अटोमोवाइल व्यवसायीहरुको बृहत भेला तथा केन्द्रीय कार्य समितिको बैठक सम्पन्न भएको छ।

नाडाको आगामी दिनको कार्यदिशा, समग्र देशको अर्थतन्त्र तथा अटोमोबाइल ब्यवसायको बर्तमान परिस्थिति र भबिष्यको संभावना आदि बिषयमा केन्द्रित रहेर यहि पौष ८ र ९ गते नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल तथा सातै प्रदेश एसोसिएसनका बीच अन्तरक्रिया तथा छलफल कार्यक्रम नाडाका पुर्ब अध्यक्षहरु समेतको उपस्थितिमा चितवनको पार्क सफारी रिसोर्टमा भब्य रुपमा सम्पन्न भएको छ। सो भेलाले बैंकहरुको उच्च व्याज दर लगायत चालु पूँजी कर्जा लागु गरेको, जोखिम भार र एल सी मार्जिन लगायतका विषयहरुमा समेत छलफल गरेको थियो।

कार्यक्रममा नाडाका पूर्व अध्यक्षहरु रोहिणी थपलिया, सुनिल खेतान, सौरभ ज्योती, अन्जन श्रेष्ठ र शम्भुप्रसाद दाहालले कार्यक्रममा नाडाले सुरु गरेको आन्दोलनको औचित्य र आवश्यकता बारे चर्चा गरेका थिए।

सो भेलाले दोश्रो चरणको आन्दोलनमा जाने भन्दै वार्ता र आन्दोलन दुबैलाई एकैसाथ अघी बढाउने निर्णय समेत गरेको छ। साथै व्यवसायीहरुले राखेको माग पुरा नभएसम्म आन्दोलनलाई जारी राख्ने दृढता समेत व्यक्त गरेको छ।

सो बृहत छलफलमा सरकारले विगत आठ महिना देखि पेट्रोलियम पदार्थबाट चल्ने कार, जिप तथा भ्यान जस्ता निजि प्रयोजनका सवारी साधन र १५० सिसि भन्दा माथिका मोटररसाइकलको आयातमा लगाएको प्रतिबन्ध खुलाए पनि माथी उल्लेखित समस्याहरुका कारण अटोमोवाइल व्यवसायमा सहजता आउन नसकेको तथा अटोमोवाइल्स व्यवसायीहरु धमाधम पलाएन हुने अवस्था आएकोले व्यवसायीहरुले दोश्रो चरणको आन्दोलनमा जाने निर्णय गरेको हो । नाडाले मिति २०७९ मङ्गसिर १६ गते पत्रकार सम्मेलन मार्फत प्रथम चरणको आन्दोलन घोषणा गरि २०७९ मङ्गसिर २२ गते काठमाण्डौ लगायत ७ वटै प्रदेशमा एकै साथ धर्ना कार्यक्रम मार्फत विरोध गरेको थियो ।

उक्त कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा अर्थविद् डाः विश्वनाथ पौडेलले देशको अर्थतन्त्र र नेपालको समग्र अटोमोवाइल क्षेत्रका सम्बन्धमा विषेश प्रस्तुती दिएका थिए। त्यसैगरी उक्त कार्यक्रममा नेपालका प्रख्यात मोटिभेसनल महेश दाहालले व्यवसाय सञ्चालनको क्रममा आउने चुनौती र समस्याहरुको समाधान कसरी गर्ने भन्ने विषयमा प्रस्तुती समेत दिन भएको थियो । सोही क्रममा नाडाका उपाध्यक्ष तथा आन्दोलन समितिका सभापती सुनिल रिजालले व्यवसायीहरुले गर्ने भनिएको दोश्रो चरणको आन्दोलनको ढाँचा बारे जानकारी दिएका थिए।

सोहि दिन बसेको नाडाको १३ औँ कार्य समितिको बैठकले नाडाको आउँदो ४६ औँ वार्षिक साधारण सभा माघ २७ गते काठमाण्डौमा सम्पन्न गर्ने निर्णय समेत गरेको जनाएको छ।

Sajilo Visa

प्रकाशित: १० पुष २०७९, आईतवार

तपाइको प्रतिक्रिया

ताजा समाचार