जिओ फोर्डद्वारा नेपाली बजारमा नेक्स्ट–जेन फोर्ड एभरेष्ट सार्वजनिक

Technology Khabar १८ फाल्गुन २०७९, बिहीबार

जिओ फोर्डद्वारा नेपाली बजारमा नेक्स्ट–जेन फोर्ड एभरेष्ट सार्वजनिक

काठमाडौं ।

जिओ अटोमोबाइल्स प्रालि (जिओ फोर्ड) ले नेपाली बजारमा नयाँ संस्करणको नेक्स्ट जेन फोर्ड एभरेष्ट भित्राएको छ।

शक्तिवान, परिष्कृत र रोमाञ्चक ड्राइभलाई मध्यनजर गरी बनाईएको यस एसयूभीमा असाधारण आराम, ग्राहक केन्द्रित टेक्नोलोजीका साथ एड्भेन्चर रेडी फिचरहरु पनि रहेको बताईएको छ।

नेक्स्ट जेन फोर्ड एभरेष्ट नेपालमा २.० लि. बाई टर्बो डिजेल ईन्जिनमा ज्ञण्–स्पीड अटोमेटिक ट्रान्समिसनका साथ उपलब्ध छ । यसले २१० पी.एस. पावर र ५०० एन.एम टर्क प्रदान गर्दछ ।

जि.ओ. अटोमोवाईल्सका प्रबन्ध निर्देशक आकाश गोल्छाले भने, ‘नेक्स्ट जेन फोर्ड एभरेष्ट उत्कृष्ट क्षमताहरुका साथ प्रभावशाली सुविधायुक्त एक नवीनतम तथा असल एसयुभी हो। यसले नेपाली ग्राहक तथा एड्भेन्चर प्रेमीहरुले अपेक्षा गरे भन्दा माथि उत्रिन सफल हुनेछ। यसको परिष्कृत मुल्यले नेक्स्ट–जेन एभरेष्ट धेरै नयाँ ग्राहकहरुको ईच्छाएको र छनौटको एसयुभी बन्नेमा हामी विश्वस्त छौँ ।”

नवीनतम प्रविधिको ठूलो र उच्च रिजोल्युसन भएको १२ इन्चको पोट्र्रेट टचस्क्रिन र १२.४ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट प्यानल यसमा जडित छ र नेक्स्ट–जेन एभरेष्ट फोर्डको नवीनतम प्रणाली रहेको छ।

ड्राइभर असिस्ट टेक्नोलोजीहरूको नयाँ सुइटले भरिएको, नेक्स्ट–जेन एभरेष्टले तपाईंलाई र तपाईंको परिवारलाई सुरक्षित राख्न मद्दत गर्दछ। एक्टिभ पार्क असिस्ट २.० ले बटन थिच्दा पार्किङको तनाव कम गर्न मद्दत गर्छ साथै स्टप एण्ड गोको साथमा नयाँ क्रुज नियन्त्रण रहेको छ जसले चालकहरूलाई सडकमा थप आत्मविश्वास र कन्ट्रोलको महसुस गराउँछ।

अन्य नयाँ सुरक्षा सुविधाहरूमा सडक किनारा पत्ता लगाउने लेन–किपिङ प्रणाली, इभासिभ स्टीयर असिस्ट, र रिभर्स ब्रेक समावेश छन्।

साहसिक यात्राको लागि बनाईएको

नेक्स्ट–जेन एभरेष्टको ट्रयाकमा वृद्धिले सडकमा थप नियन्त्रित सवार प्रदान गर्न मद्दत गर्छ, र ट्वीक्स टु डाम्पर सेटिङले फोर्ड टिमले एभरेष्टको अन–रोड र अफ–रोड सवारीमा थप रमाइलो र नियन्त्रित गर्न सहयोग दिएको छ।

एभरेष्टको अफ–रोड स्क्रिनले सवारी साधनको जानकारी र अगाडिको दृश्य क्यामरामा देखाउँछ साथै चालकलाई अवरोधहरू हेर्न र त्यसबाट निस्कन मद्दत गर्दछ। एकल बटन थिचेर, चालकले आफ्नो ड्राइभलाइन र डिफ–लक इन्डिकेटरहरू, स्टेयरिङ कोण र गाइडहरू साथै गाडीको रोल र पिच कोणहरू हेर्न सक्छन् ।

नेक्स्ट–जेन फोर्ड एभरेष्टमा ८०० एमएम सम्मको वाटर वेडिङ क्षमताका साथै अन्य धेरै नयाँ सुविधाहरू भएको कम्पनीले जनाएको छ।

easy care

प्रकाशित: १८ फाल्गुन २०७९, बिहीबार